रोमेरो टोटेनह्याममा अनुबन्ध

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-२०
  • |
  • 1030 पटक हेरिएको

इंग्लीस क्लब टोटेनह्याम हटस्पुअर्सले एटलान्टाबाट क्रिस्टियन रोमेरोलाई अनुबन्ध गरेको छ । ३१ अगस्टबाट ट्रान्सफर विन्डो बन्द हुदैँछ । त्योभन्दा अघि थुप्रै क्लबले खेलाडी अनुबन्धलाई निरन्तरता दिइरहेका छन् । कोपा अमेरिका २०२० विजेता अर्जेन्टिनी रोमेरो एटलान्टामा गत सिजन उत्कृष्ट लयमा रहेका थिए । 

केनले क्लब छाड्ने बताइरहँदा स्पुअर्सले एटलान्टाबाट ५० मिलियन पाउण्डमा डिफेन्डर क्रिस्टियन रोमेरोलाई अनुबन्ध गरेको बताइएको छ । रोमेरो बार्सिलोना र म्यानचेस्टर युनाइटेडसँग पनि निकट रहेका थिए ।

टोटेनह्याम यस समय आफ्ना खेलाडी ह्यारी केनलाई क्लबमै राख्नका लागि प्रयास गरिरहेको छ । केनले भने क्लब छाड्ने बताइरहेका छन् भने उनी उपाधि जित्नका लागि भोको रहेका छन् ।

उनले स्पुअर्सको प्रशिक्षणमा समेत उपस्थित भएका थिएनन् जसका कारण उनलाई क्लबले आर्थिक कारबाही गर्ने बताएका थियो ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey