युभेन्टसको पुरै टिम आइसोलेसनमा

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-१६
  • |
  • 615 पटक हेरिएको

युवा खेलाडी हम्जा रफियालाई कोरोना पोजेटिभ देखिएपछि इटालियन क्लब युभेन्टसका सम्पुर्ण टिम आइलोलेसनमा रहेको युभेन्टसले एक विज्ञप्तीमार्फत जानकारी दिएको छ । 

प्रि सिजनका लागि नेभेटिभ रिपोर्ट आएका खेलाडीहरुले भने प्रशिक्षणमा सहभागि जनाउने छन् । स्पेनिश स्ट्रइकर अल्भारो मोराटा र उरुग्वेन मिडफिल्डर रोड्रिगो शुक्रबार टिमको प्रशिक्षणमा फर्कने भएका छन् । 

बार्सिलोनासँगको खेलअघि युभेन्टसका खेलाडीहरुमा कोरोना देखिुनले क्लब थप तनावमा परेको बताइएकोे छ । एजेन्सीका अनुसार उक्त खेलाडीहरुले अर्को हप्ता हुने बार्सिलोनाविरुद्धको जोन गेम्पर ट्रफीसमेत गुमाउने भएका छन् । 

खेलाडीहरु कति समयका लागि आइसोलेसनमा बस्ने भन्नेबारे यकिन नभएकाले यसले युभेन्टसलाई नयाँ सिजनकोे तयारीका लागि समस्या खडा गर्ने देखिएको छ । २०२१ २२ को सिरी ए सिजन २२ अगस्टबाट शुरु हुने पक्का भैसकेकोे छ ।
 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal