बेन स्टोक्स क्रिकेटबाट टाढा हुने !

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-१६
  • |
  • 1206 पटक हेरिएको

इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्स अन्तर्राष्ट्रिय क्रिकेटबाट अनिश्चितसयका लागि विश्राम लिएका छन् ।

इंग्ल्याण्ड क्रिकेट बोर्डले शुक्रबार स्टोक्सबारे पुष्टि गरेको हो । इसीबीका अनुसार स्टोक्स मानसिक स्वास्थ्यका कारण पनि परिवारलाई समय दिन चाहन्छन् । यही कारण देखाउँदै भारतविरुद्धको सिरिजमा उनी टिममा हुने छैनन् । 

३० वर्षिय क्रिकेटर स्टोक्स पछिल्लो केही समयदेखि औंठाको चोटका कारण पनि तनावमा रहेका छन् । उनी यो वर्ष पुरै क्रिकेटबाट टाढा हुन सक्छन् ।

साथ साथै एसेज र टी २० विश्वकप पनि खेल्ने सम्भावना कम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey