मेस्सी र रोनाल्डो फेरी एकपटक आमनेसामने हुँदै

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०९
  • |
  • 2424 पटक हेरिएको

बार्सिलोनाले अगस्ट ८ मा जोहन गेम्पर ट्रफीको आयोजना गर्ने भएको छ ।

जसको मतलब दशकको उत्कृष्ट फुटबलर ६ पटकको बलुन डि योर विजेता मेस्सी र ५ पटकको विजेता क्रिस्टियानो रोनाल्डो फेरी एक पटक एकअर्काविरुद्ध मैदान उत्रने आँकलन गरिएको छ । 


तर हालै कोपा अमेरिकाको उपाधि जितेर छुट्टीमा रहेका बार्सिलोना कप्तान मेस्सीले बार्सिलोनासँग ५ वषको नयाँ सम्झौता गरिएको भनिए पनि आधिकारि रुपमा भने उनी अझै फ्री एजेन्टको रुपमा रहेका छन् ।

बार्सिलोेना र मेस्सीबिच आधिकारीक रुपमा हस्ताक्षर भएको छैन । जसका कारण कप्तान मेस्सी युभेन्टसबिरुद्ध मै्दान उत्रनने सम्भावना कम रहेको एजेन्सीले बताएको छ । 


बार्सिलोना अध्यक्ष जोहन  लापोर्टाले मेस्सीसँगको सम्झौतालाई छिट्टै मुर्त रुप दिने बताए पनि आधिकारिक सम्झौता नहुँदा बार्सिलोना समर्थकमामा कौतुहलता बढेकोे छ ।

रोनाल्डो र मेस्सीबिच अहिलेसम्म ३५ पटक भेट भएको छ जसमा बार्सिलोना कप्तान मेस्सीले धेरैपटक रोनाल्डोकोे टिमबिरुद्ध जित निकालेकोे छ । मेस्सीले रोनाल्डोकोे टिमबिरुद्ध १६ खेल जितेको छ भने १० खेल मात्र हारेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey