मेनाजको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०७
  • |
  • 997 पटक हेरिएको

स्पेनिश क्लब बार्सिलोनाले आफ्नो प्रि सिजनको पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा जिम्नास्टिकबिरुद्ध बार्सिलोनाले ४ -० को फराकिलो जित निकालेको हो ।

बार्साको जितमा सब्सिच्युट खेलाडी रे मेनाजले ह्याट्रिक गरेका थिए । रोनाल्ड कोम्यानले आफ्ना शिनियर टिमका सम्पुर्ण खेलाडीहरु कोपा र युरोकपको छुट्टीमा रहेकाले बि टिमका खेलाडीहरुलाई मौका दिएका थिए ।

 
मेनाजले मैदान प्रवेश गरेको आधा घण्टामा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ८५ औँ मिनेटमा एलेक्स कोलाडोले टिमलाई दोहोरो अग्रता दिलाएका थिए ।

खेलको ९० औं मिनेटसम्म पुग्दा मेनजले थप दुई गोल गर्दै बार्सिलोनालाई ४ -० को जित दिलाए । 


बार्सिलोनाका कप्तान मेस्सी,अगुइरो लगायतका खेलाडीहरु आफ्ना छुट्टी सकाएर फर्कने बताइएको छ भने बार्सिलोनामा भविष्य निश्चित नभएका पिजनिक र सेर्जि रोर्बेटोलाई कोेम्यानले टिममा समावेश गरेका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey