मैदानमा तहल्का मच्चाएपछि पक्राउमा परे बोका जुनियर्सका सम्पुर्ण खेलाडीहरु

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०७
  • |
  • 1228 पटक हेरिएको

 

ब्राजिलियन लिग कोपा बिर्टाडोरेसको अन्तिम १६ मा भिएआरका कारण आफुहरु पराजित भएपछि अर्जेन्टिनी फुटबल क्लब बोका जुनियर्सका सम्पुर्ण खेलाडीहरुले ब्राजिलियन मैदानमा तहल्का मच्चाएका थिए ।

जसका कारण ब्राजिल प्रहरीले टिमका सम्पुर्ण खेलाडीलाई पक्राउ गरेको एजेन्सीले बताएकोे छ । 

ब्राजिलियन  लिगमा घरेलु टिम एट्लेटिको मिनेरोबिरुद्धको खेलमा रेफ्रीले भिएआरको मद्धतमा बोका जुनियर्सकोे दुई गोललाई मान्यता नदिएपछि खेल पेनल्टीमा गएको थियो र पेनल्टीमा बोका जुनियर्स ३-१ ले पराजित हुँदै लिगबाट बाहिरिएकोे हो ।

हारपछि बोका जुनियर्सका खेलाडीहरुले मैदानमा तोडफोडका साथै हंगामा मच्चाएका थिए । एजेन्सीका अनुसार सोधपुछपछि बोका जुनियर्सका खेलाडीहरुलाई प्रहरिले छोडेको छ । 


उक्त घटनामा म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर मार्कस रोजो लगायत जुनियर्सका खेलाडीहरु जाभिएर ग्र्सिय,डिएगो गोन्जालेज लगायतका सामेल थिए ।

एजेन्सीका अनुसार बोका जुनियर्सले १७ हजार डलर तिरेर आफ्ना सम्पुर्ण खेलाडीहरुलाई निकालेको हो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey