अर्काे सिजनबाट अवे गाेलकाे नियम हट्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१०
  • |
  • 1409 पटक हेरिएको

हाइलाइट्स

सन् १९६५ देखि च्याम्पियन्स र युरोपा लिगमा अवे गोलको नियम राखिएको थियो । जसका कारण टिमले विपक्षीको घरेलु मैदानमा गरेको गोलका कारण फाइदा हुने गरेको थियो ।

युरोपियन फुटबल महासंघ यूइएफले अर्को सिजनबाट क्लव फुटबलमा अवे गोलेको नियमलाई हटाएको छ । युइएफएको कार्यसमितीको बैठकले अर्को सिजनबाट लागु हुने गरेर अवे गोलको नियमलाई हटाएको हो । 

सन् १९६५ देखि च्याम्पियन्स र युरोपा लिगमा अवे गोलको नियम राखिएको थियो । जसका कारण टिमले विपक्षीको घरेलु मैदानमा गरेको गोलका कारण फाइदा हुने गरेको थियो ।

तर अब यो नियम पुरानो भएको र यसलाई हटाउनु युइएफएले बताएको छ । अब खेल बराबरी भएको अवस्थामा अतिरिक्त समय र टाइब्रेकर लागु हुनेछ । 

पछिल्लो केहि सिजनमा च्याम्पियन्स लिगमा अवे गोलको फाइदा निकै क्लवले उठाएका थिए । जसका कारण ठूला टिमपनि प्रतियोगिताबाट बाहिर भएका थिए ।

अघिल्लो सिजनमा पनि साविक विजेता बार्यन अवे गोलका कारण नै प्रतियोगिताबाट बाहिरीएको थियो । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey