एएफसी महिला एसिया कप छनोटमा नेपालको समुहमा फिलिपिन्स र हङकङ

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१०
  • |
  • 2372 पटक हेरिएको

एएफसी महिला एसिया कप छनोटमा नेपालको समुहमा फिलिपिन्स र हङकङ परेका छन् ।

समूह एफ मा रहेको नेपालसंग फिलिपिन्स र हङकङ परेका हुन् । समूह विजेता टोली भारतमा अर्को वर्ष हुने एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ । प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने तय भएको छ ।

एएफसीले हाललाई छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भाद्रदेखि ९ असोज) तोकेको छ । छनोटमा सहभागी हुने टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा स्थान पक्का गर्नेछ ।

साविक विजेता जापान, सन् २०१८ को उपविजेता अष्ट्रेलिया र तेस्रो स्थानको चीन सहित आयोजक भारत प्रतियोगितामा छनोट भईसकेका छन्  समूह ए मा चाईनिज ताईपेइ, बहराईन, तुर्किमिनिस्तान र लावस छन् । समूह बी मा भियतनाम, ताजकिस्तान, माल्दिभ्स र अफगानिस्तान छन् ।

समूह सी मा उत्तर कोरिया, सिंगापुर, इराक र इन्डोनेशिया छन् । समूह डी मा म्यानमार, युएई, ग्वाम र लेबनान समावेश छन् । समूह ई मा दक्षिण कोरिया, उज्वेकिस्तान र मंगोलिया तथा समूह एफ मा फिलिपिन्स, हङकङ र नेपाल समावेश छन् ।

यस्तै, आयोजक जोर्डन, इरान र बंगलादेश समूह जीमा तथा समूह एचमा सन् १९८३ को विजेता थाईल्याण्ड, प्यालेस्टाईन र मलेसिया परेका छन् । एसियाका २८ देश प्रतियोगिताको ड्र मा समावेश थिए । चार समूहमा चार देश र बाँकी चार समूहमा तीन देश समावेश गर्दै समूह तालिकाको टुङ्गो लागेको हो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey