स्पेनमा नेपालले खेल्ने भनिएको त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-१०
  • |
  • 2655 पटक हेरिएको

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत स्पेनमा हुने भनएिको क्रिकोणात्मक क्रिकेट सिरिज स्थगित भएको छ ।

कोरोना महामारीका कारण नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलत उक्त सरिज स्थगित भएको हो ।

नामिबिया क्रिकेट टिमका खेलाडीहरुमा कोरोना भाइरसको संक्रमण   देखिएको थियो । यही कारणले  नामिबियामा कोभिडका कारण तयारी गर्न असम्भव भएको र यात्रा प्रतिबन्धलाई अझ कडा पारिएका कारण सिरिज स्थगित गर्नु परेको जनाएको छ । अब यो सिरिज आगामी २०२२ जुलाई मा हुने आइसिसीले जनाएको छ ।

No description available.

साउन ५ बाट सुरु भएर साउन १५ मा सकिने तय थियो । सिरिजका लागि नेपाली टिमले मंगलबारबाट प्रशिक्षण सुरु गरेको थियो ।  यसअघि स्कटल्यान्डमा हुने तय भएको सिरिज कोरोना भाइरसका कारणका त्यहाँ लगाइएको यात्रा प्रतिबन्धका कारण स्पेनमा सिरिज गर्ने निर्णय भएको थियो ।

कोरोना भाइरसका कारण लिग-२ का अधिकांस खेल प्रभावित भएका छन् । स्थिति सहज भएको अवस्थामा यो सिरिज गत वर्ष नै स्कटल्यान्डमा हुने तय थियो । सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको थियो ।  घरेलु मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई दुवै खेलमा हराउँदा ओमानसँग दुवै खेलमा पराजित भएको थियो ।

लिग-२ मा नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएई गरी ७ टिमबीच प्रतिस्पर्धा भइरहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey