Mega Bank
Prabhu Bank

काेपा अमेरिका : काेलम्बियामाथि ब्राजिलकाे पुनरागमन जित

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०३-१०
  • |
  • 353 पटक हेरिएको

कोपा अमेरिकामा साविक विजेता ब्राजिलले कोलम्बियामाथि २–१ गोलअन्तरको जित हासिल गरेको छ । सुरुआतमै पछि परे पनि खेलको अन्त्यतिर २ गोल फर्काउँदै ब्राजिलले रोमान्चक जित निकालेको हो । 

अघिल्ला खेलभन्दा कमजोर देखिएको ब्राजिल सुरुआतमै पछि परेको थियो । १० औं मिनेटमा जुहान कार्डडोको पासमा लुइस डियाजले गोल गरेपछि कोलम्बियाले पहिलो हाफमा अग्रता बनाएको हो । त्यसयता रक्षात्मक रणनीति सुरु गरेको कोलम्बियाले ७८ औं मिनेटमा गोल खान पुग्यो । 

बराबरीतर्फ उत्मुख खेलको अन्त्यतिर नेइमारको कर्नरमा प्रहारमा कासिमेरोले पोष्ट जनिकैबाट हेड गोल गरेपछि कोलम्बियाको हार निश्चित भएको हो । १० मिनेट थपिएको इन्जूरी समयको आठौं मिनेटमा ब्राजिलले गोल गरेको हो । 

रेनन लोडीले दिएको क्रस उपयोग गरी फिर्मिनोले पेनाल्टी क्षेत्रबाट गरेको हेडर कोलम्बियाका गोलरक्षक डेभिड ओस्मिनाको हातबाट फुत्किएर गोल हुन पुगेको हो । 

समूह बी मा रहेको ब्राजिलले तीन खेलबाट ९ अंक बनाएको छ र शीर्ष स्थानमा यथावत छ । कोलम्वियाका लागि भने समूह चरणको खेल सकिएको छ । उसले ४ खेलबाट ४ अंक बनाएको छ । दुवै टोली क्वाटरफाइनलमा छनोट भइसकेका छन् । 

कोपा अमेरिकामा १० टोलीलाई २ समूहमा बाँडेर खेलाइएको छ । हरेक समूहबाट शीर्ष चार टोलीले क्वाटरफाइनल खेल्नेछन् । यसअघि आज विहान नै भएको अर्को खेलमा यही समूहबाट इक्वेडर र पेरुले २–२ गोलको बराबरी खल्दै अंक बाँडेका छन् ।

भर्खरै

Advertisement