टेस्ट च्याम्पियनसिप फाइनल : भारतविरुद्ध पहिलो पारिमा न्यूजिल्याण्डलाई झिनाे अग्रता

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-०८
  • |
  • 1380 पटक हेरिएको

हाइलाइट्स

  • भारतले पहिलाे पारिमा २१७ रन 
  • न्यूजिल्याण्डकाे पहिलाे पारिमा २४९ रन

भारत र न्यूजिल्याण्डबीचका  विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल भइरहेको छ ।

भारतले टस हारेर पहिला ब्याटिङ गर्दै २१८ रन बनाएको थियो ।

इंग्ल्याण्डको साउथ ह्याम्पटनमा पहिला भारतले ब्याटिङ गरेपनि बर्षातले निकै नै प्रभावित खेलमा पाँचौं दिनमा पहिलो पारि पुरा भएको छ ।

यस्तोमा भारत र न्यूजिल्याण्ड पहिलो टेस्ट च्याम्पियनसिपको संयुक्त विजेता बन्ने पक्का जस्तै छ ।

यसैगरी टेस्ट च्याम्पियनसिपमा एक दिन रिजर्भ डे राखिए पनि एकै दिनमा दुवै पारि सकिने अवस्था भने कम देखिएको छ ।
पहिलो पारिमा न्यूजिल्याण्डले सवै विकेट गुमाएर २४९ रन बनाएको छ ।

यो भारतको भन्दा ३२ रन बढी हो । न्यूजिल्याण्डका लागि डेभोन कोनवेले अर्धशतकिय पारि खेले । उनी ५४ रन बनाएर आउट भएका थिए ।

कप्तान केन विलिम्यसन ४९ रन बनाएर आउट हुँदा टम लाथमले ३० रनको योगदान गरे । यस्तै केइल जेमिसनले २१ रन बनाए ।

भारतका लागि मोहम्मद सामीले चार विकेट लिँदा ईशान्त शर्माले तीन तथा रविचन्द्र आश्विनले दुई विकेट लिए । अन्तिम विकेटको रुपमा रविन्द्र जडेजाले ३० रन बनाएका टिम साउथीलाई आउट गराए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey