उसु महासंघद्वारा राहत वितरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०८
  • |
  • 561 पटक हेरिएको

हाइलाइट्स

पहिलो चरणमा प्रत्येक खेलाडीलाई २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, एक प्याकेट नून, माक्सलगायतका सामग्री वितरण गरिएको थियो । राहत वितरणका लागि स्थापना गरिएको कोषमा बेल्जियममा रहेका मिङमार छिरिङ लामा तथा छम्जी लामाले एक लाख रुपैयाँ सहयोग गरेका थिए ।

नेपाल उसु महासंघले कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका आफ्ना खेलाडीहरुलाई राहत वितरण गरेको छ । महासंघका पदाधिकारीले काठमाडांै उपत्यकाका विभिन्न स्थानमा पुगेर खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका हुन् ।

महासंघले मनमैजु, जावलाखेल र बौद्धमा राहत वितरण गरेको हो । खेलाडीहरुलाई राहत सामग्री लैजान सहज होस् भनेर विभिन्न स्थानमा पुगेर वितरण गरिएको नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ४५ जना उसु खेलाडीलाई राहत सामग्री वितरण गरिएको छ । राहत वितरणमा महासचिव लामासँगै कोषाध्यक्ष लानम लामा र सहकोषाध्यक्ष नारायण गिरीले संयोजन गरेका थिए ।

पहिलो चरणमा प्रत्येक खेलाडीलाई २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, एक प्याकेट नून, माक्सलगायतका सामग्री वितरण गरिएको थियो । राहत वितरणका लागि स्थापना गरिएको कोषमा बेल्जियममा रहेका मिङमार छिरिङ लामा तथा छम्जी लामाले एक लाख रुपैयाँ सहयोग गरेका थिए ।

यस्तै उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङबाट ६० हजार, उपाध्यक्ष हरि थापाबाट १० हजार, उपाध्यक्ष दुष्यन्त बस्नेतबाट १० हजार, कोषाध्यक्ष लानम लामाबाट पाँच हजार रुपैयाँ प्राप्त भएको महासंघले जनाएको छ ।

महासंघले आगामी दिनमा पनि राहत वितरण निरन्तर रुपमा सञ्चालन गर्न सेवा राहत कोष स्थापना गर्ने भएको छ । कोषमा जम्मा भएको रकमबाट खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई राहत वितरण गर्ने योजना महासंघको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey