युनिस खान पाकिस्तानको ब्याटिङ प्रशिक्षकको जिम्मेवारीबाट हटे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०८
  • |
  • 1299 पटक हेरिएको

हाइलाइट्स

पाकिस्तान क्रिकेट बोर्डसँगको आपसी समझदारीमा खानले ब्याटिङ प्रशिक्षकबाट पछाडी हट्ने निर्णय गरेका हुन ।

पाकिस्तानी क्रिकेट टिमका ब्याटिङ प्रशिक्षक युनिस खानले आफ्नो जिम्मेवारी छोड्ने भएका छन ।

पाकिस्तानले इंग्ल्याण्ड र वेष्ट इन्डिजको भ्रमण गर्दा उनले भने टिमसँग नहुने बताएका छन । 

पाकिस्तान क्रिकेट बोर्डसँगको आपसी समझदारीमा खानले ब्याटिङ प्रशिक्षकबाट पछाडी हट्ने निर्णय गरेका हुन ।

गत बर्षको नोभेम्बरमा दुई बर्षका लागि पाकिस्तानी क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक बनेका खानले २०२२ को टी २० विश्वकपसम्मको जिम्मेवारी पाएका थिए । 

गत बर्ष पाकिस्तान इंग्ल्याण्ड भ्रमणमा जाँदा टिमको हेड भएर गएका थिए । सन् २०१७ मा खेलाडी जीवनबाट राजिनामा दिएपछि उनले बोर्डसँग पहिलो पटक सहकार्य गरेका थिए । 

उनी ब्याटिङ प्रशिक्षक बनेपछि पाकिस्तानले मिश्रीत नतिजा निकालेको छ । खेलाडी जीवनपछि नै बोर्डले उनलाई नयाँ जिम्मेवारीको अफर गर्दा उनले अस्विकार गरेका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey