रसियन डिफेन्डर मारियो फेर्नान्डेस अस्पताल भर्ना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 958 पटक हेरिएको

हाइलाइट्स

फिनल्याण्डविरुद्ध एक शुन्यको जित निकाल्दा मारियो घाइते भएका थिए ।

युरो कप फुटबल अन्तर्गत फिनल्याण्डविरुद्धको खेलमा घाइते भएका रसियन डिफेन्डर मारियो फेर्नान्डेस अस्पताल भर्ना भएका छन । उनको ढाँडमा चोट लागेपछि अस्पताल भर्ना गरिएको हो । 

फिनल्याण्डविरुद्ध एक शुन्यको जित निकाल्दा मारियो घाइते भएका थिए । सुरुवातमा उनको स्पानइलनमा चोट लागेको आशंक गरिएको थियो । तर टिमले उनको स्पाइनलमा चोट नलागेको तर डाक्टरको निरिक्षणमा राखिएको बताएको छ । 

फिनल्याण्डविरुद्ध बल रोक्न खोज्दा उनको ल्यान्डिङ नमिलेपछि घाइते भएका थिए । जसका कारण उनको प्राथमिक उपचार मैदानमा गरेर थप उपचारका लागि अस्पताल लगिएको थियो । 

खेलको २६ औं मिनेटमा भएको घटनापछि केहि समय उनलाई मैदानमा नै उपचार गरिएको थियो । तर त्यसपछि स्ट्रेचरबाट बाहिर लगिएको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey