युराे कप फुटबल: वेल्स अन्तिम १६ नजिक
- नेप्लेज
- |
- २०७८-०३-०२
- |
- 1102 पटक हेरिएको
हाइलाइट्स
वेल्सको जितमा आरोन राम्से र कोनर रोबर्टसले एक एक गोल गरे । दुबै गोल कप्तान ग्यारेथ बेलको पासमा भएका थिए ।
वेल्स युरोकप फुटबलको अन्तिम १६ नजिक पुगेको छ । आज भएको खेलमा वेल्सले टर्कीलाई दुई शुन्यले हराउँदै अन्तिम १६ को यात्रा बलियो बनाएको छ ।
वेल्सको जितमा आरोन राम्से र कोनर रोबर्टसले एक एक गोल गरे । दुबै गोल कप्तान ग्यारेथ बेलको पासमा भएका थिए ।
निकै रोमाञ्चक बनेको खेलमा राम्सेले दुई वटा सुन्दर मौका गुमाएपछि खेलको ४३ औं मिनेटमा गोल गर्न सफल भए । उनले बेलको पासमा गोल गर्दै टिमलाई पहिलो हाफमा एक शुन्यको अग्रता दिलाए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको वेल्सले ६० औं मिनेटमा पेनाल्टी पाएको थियो । जेकी सिलिकले डिबक्समा बेललाई लडाएपछि पाएको पेनाल्टीलाई बेलले गोलमा परिणत गर्न सकेनन् । उनले गरेको प्रहार पोष्टमाथिबाट बाहिरीएको थियो ।
युरोकपमा पेनाल्टी बक्स भन्दा निकै बाहिर प्रहार गर्ने बेल दोस्रो खेलाडी बनेका छन । सन् २००० मा स्पेनका राउलले फ्रान्सविरुद्धको खेलमा पेनाल्टी यसरी नै बाहिर हानेका थिए ।
एक गोलले पछि परेको अवस्थामा टर्कीले पनि तीन वटा उत्कृष्ट मौका खेर फाल्यो । उसले पाएका मौकामा बारम्बार असफल बन्यो । तर खेलको इन्जुरी समयको चौथो मिनेटमा रोबर्टसले गोल गर्दै टिमलाई दुई शुन्यको जित दिलाए । उनलाई पनि बेलले नै पास मिलाएका थिए ।
यो जितपछि वेल्सले प्रिक्वाटरफाइनलको यात्रा निकै बलियो बनाएको छ । दुई खेलमा चार अंक बनाएको वेल्सले पहिलो खेलमा स्विस टिमसँग एक एक गोलको बराबरी खेलेको थियो । यता यो हारपछि टर्की प्रतियोगिताबाट लगभग बाहिरीएको छ । उसले पहिलो खेलमा इटलीसँग तीन शुन्यले हारेको थियो ।