एशियन च्याम्पियनसिपका लागि महिला भलिबल टिमकाे तयारी सुरू

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 953 पटक हेरिएको

फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला भलिबल टिमको बन्द प्रशिक्षण मंगलबारबाट शुरु भएको छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा बन्द प्रशिक्षण सुरु भएको हो । एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म हुने छ ।

नेपाल भलिबल संघ ९एनभीए० ले टिमको बन्द प्रशिक्षण कोरोना महामारीलाई मध्येनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर सुरु गरिएको जनाएको छ । यस अघि जेठ २१ गतेबाट सुरु गर्ने भनिएको बन्द प्रशिक्षण काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञाका कारण असार एक गते अर्थात मंगलबारदेखि शुरु गरिएको हो ।

भलिबल संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा समावेश गरेको छ । पहिलो दिनको बन्द प्रशिक्षणमा २५ जना खेलाडीमात्रै सहभागी भएका छन् । अन्य खेलाडीहरु केही समयमा राष्ट्रिय टिममा सहभागी हुने छन् ।

यसैगरी बन्द प्रशिक्षणकालागि जगदिश भट्टलाई मुख्य प्रशिक्षक तोकिए पनि उनी आउन केही समय लाग्ने भएको छ । प्रशिक्षक भट्ट अहिले राजधानी बाहिर रहेकाले एक दुई दिनमा सहभागी हुने बताइएको छ । उनी नभएकाले अहिले राजधानीको न्यू डायमण्ड एकेडेमीका प्रिन्सिपलसमेत रहेका प्रशिक्षक कुमार राईले नेपाली टिमलाई प्रशिक्षण गराउने छन् ।

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले बन्द प्रशिक्षणबाट राम्रो टिम बन्ने विश्वास व्यक्त गरेकी छिन् । कोरोन महामारीका कारण डेड महिनाको रेष्टपछि प्रशिक्षण सुरु भएको र आफुहरु उत्कृष्ट प्रदर्शनका लागि थप मेहनत गर्ने पनि बताइन् ।

त्यस्तै अर्की खेलाडी प्रतिभा मालीले एसियन च्याम्प्यिनसिप खेल्ने अबसर आफूहरुकालागि निकै ठूलो रहेको बताइन् । साफ च्याम्प्यिनसिप पछि घरेलु प्रतियोगितामा घाइते भएकी मालि पछिल्लो समय कोर्टमा उत्रिएर उत्कृष्ट प्रदर्शन पनि गर्दै आएकी छिन् । उनले आफू अझैं पूर्णरुपमा स्वस्थ नभएपनि यो गेमका लागि तयार रहेको बताइन् ।

बन्द प्रशिक्षणका लागि संघका उपाध्यक्ष निरोज मास्केसहित नेपाली टिमका प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो । जसमा पाँच जना बैकल्पिक खेलाडी समेत राखिएको छ । संघले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी भट्ट तथा र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ । नेपाली खेलाडीहरुलाई स्वास्थ्य मापदण्ड पालना गरि रंगशालाको कर्भडलमा नियमित प्रशिक्षण गराउने र होटेलमा राखिने भएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal