सक्षम र प्रदिप क्वाटरफाइनलमा

-
नेप्लेज
- |
- २०८२-०१-१६
- |
- 3340 पटक हेरिएको
सक्षमविक्रम शाह र प्रदिप खड्का ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा सक्षमले अभिनय अछामीलाई ६-० र ६-० तथा प्रदिपले सोमज श्रेष्ठलाई ६-० र ६-० को सोझो सेटमा सहजै पराजित गरे ।
पुरुष सिंगल्समै राजवीर प्रधानले निश्चल कायश्थलाई ६-० र ६-२, आरभसम्राट हाडाले सन्देश अधिकारीलाई ६-० र ६-०, प्रणव खनालले दर्शिल श्रेष्ठलाई ७-५ र ६-३, निसान श्रेष्ठले सर्वेश खनाललाई ६-० र ६-०, निहालजंग बहादुर थापाले बोरिस अधिकारीलाई ४-६, ६-१ र ६-२ तथा प्रीतम परियारले दावा सोनाम शेर्पालाई ६-३ र ६-४ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
मिक्स डबल्समा अभिलाषा विष्ट र आरभसम्राट हाडाको जोडीले इन्द्रकला श्रेष्ठ र हरसिंह धामीको जोडीलाई ६-० र ६-१ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीले रोहित सुनुवार र इब्राहिम मुस्लिमको जोडीलाई ७-५ र ६-२ तथा कमलबहादुर भण्डारी र सुमित मैनालीको जोडीले मानबहादुर कटुवाल र हिमाल शाहको जोडीलाई ६-१ र ६-४ ले हराउदै उपाधि भिडन्त पक्का गरे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, साम्डुप लामा गगन महर्जन, सिमान्त गुरुङ, भीष्मजंग गुरुङ, समिर गुरुङ, सोवित गौचन र सन्तोष खत्री आ-आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुगे । ६५ वर्षमाथि पुरुष सिंगल्समा वाल्टर स्मित, नाम्लाङ तेन्जिन, विदुर विष्ट र ध्रुवबहादुर गुरुङले सेमिफाइनल यात्रा तय गरे ।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, देव क्षेत्री, म्याट ब्रोससार्ड, महेश श्रेष्ठ, छेवाङ लामा, मानबहादुर कटुवाल, मेघेन्द्र प्रकश गिरी र रोहित सुनुवारले क्वाटरफाइनलमा स्थान पक्का गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा प्रदिप शाह, राजु राई र चन्द्र शाहीले क्वाटरफाइनलमा स्थान बनाए ।