एडम मिट्टर संन्यासबाट फर्केर बुटवल लुम्बिनी एफसीमा अनुबन्धित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-१२-०५
  • |
  • 4926 पटक हेरिएको

अनुभवी डिफेन्डर एडम मिट्टर पुनः फुटबलमा फर्किएका छन्। १४ वर्षसम्म ११ देशका २६ क्लबहरूमा खेलेका मिट्टर अब बुटवल लुम्बिनी एफसी बाट खेल्ने भएका छन्।

 

मिट्टर एशियाली फुटबलमा बलियो डिफेन्स र उत्कृष्ट नेतृत्व क्षमताका कारण चर्चित खेलाडी हुन्। अब उनले बुटवल लुम्बिनी एफसीलाई आफ्नो अनुभव प्रयोग गरी अझ मजबुत बनाउने लक्ष्य राखेका छन्।

 

"मैले फुटबलबाट संन्यास लिइसकेको सोच्दथें, तर बुटवल लुम्बिनी एफसीले अफर गरेपछि पुनः मैदानमा फर्किन प्रेरणा मिल्यो," मिट्टरले भने। "क्लबको लक्ष्य, समर्थकहरूको अपार माया, र नयाँ चुनौतीले मलाई उत्साहित बनायो। म टिमलाई सफलता दिलाउन सक्दो प्रयास गर्नेछु।"

 

इङ्ग्ल्यान्ड, स्कटल्याण्ड, स्वीडेन, अष्ट्रेलिया, फिलिपिन्स, भारत, सिंगापुर, क्यानडा, इन्डोनेसिया, थाइल्याण्ड, र वेल्समा खेलेको अनुभव भएका मिट्टरको आगमनले बुटवल लुम्बिनी एफसीलाई बलियो बनाउने विश्वास गरिएको छ।

 

बुटवल लुम्बिनी एफसीले मिट्टरको आगमनलाई टिमका लागि महत्वपूर्ण उपलब्धि भएको बताएको छ।

 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal