अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा आयुशलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-२३
  • |
  • 202 पटक हेरिएको

काठमाडौं, कात्तिक २३ गते । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का आयुश ढुंगेलले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

आयुशले यु–१४ पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको प्रतियोगितामा आयुशले खेलेको स्पर्धामा विभिन्न राष्ट्रका ३८ खेलाडीले सहभागिता जनाएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । ब्राजिल दोश्रो तथा युरोग्वे र अर्जेन्टिना तेश्रो भए ।

कोरोना भाइरस (कोभिड– १९) को अवधिमा भएका विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आयुशले जितेको यो छैटौं पदक हो । यसअघि आयुशले अमेरिकामा भएको प्रतियोगितामा रजत तथा मलेसिया र थाइल्यान्डमा भएका प्रतियोगितामा स्वर्ण जितेका थिए । घरेलु प्रतियोगिताअन्तर्गत कागेश्वरी र काठमाडौं भर्चुअल प्रतियोगितामा स्वर्ण हात पारेका थिए ।

प्रतियोगितामा आयुशसहित सुदेशना गुरुङ, प्रगति कुइकेल र शान्ति राई पनि सहभागी छन् । बाँकीको खेलको नतिजा सोमबार आउने बताइएको छ । प्रतियोगितामा एनटीएका अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey