खड्कालाई मुवाथाइ संघको सम्मान

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-२१
  • |
  • 166 पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको सदस्यमा मनोनित उमेश खड्कालाई नेपाल राष्ट्रिय मुवा थाइ संघले शुक्रबार सम्मान गरेको छ । संघका उपाध्यक्षसमेत रहेका खड्कालाई शुक्रबार अध्यक्ष गणेशलाल कक्षपतिले खादा तथा सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

संघको संस्थापक उपाध्यक्षसमेत रहेका खड्का नेपालको पुरानो पार्टीको केन्द्रीय खेलकुद विभागमा मनोनित हुनु संघका लागि गर्वको विषय भएको संघका अध्यक्ष गणेशलाल कक्षपतिले बताए । उनले मुवा थाइसँगै समग्र नेपाली खेलकुदको विकास र विस्तारमा खड्काले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सम्मानित भएपछि खड्काले पार्टीको केन्द्रीय विभागबाट यसै वर्ष मुवा थाइको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जानकारी दिए । उनले आफू पूर्व खेलाडीसमेत रहेकाले नेपाली खेलकुदको विकास र खेलाडीको हकहितका लागि सदैव लागिपर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संघका उपाध्यक्ष निलम अधिकारी, महासचिव राजेश महर्जन तथा सदस्यहरु भूपेश शाक्य, सन्तोष घलान, साजन माली, विकेश देउला, दीपक तामाङ, मनिष लिभीलगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey