नाशिमुरा कप अनलाइन कराते च्याम्पियनशिपमा नेपाललाई १६ स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-१७
  • |
  • 294 पटक हेरिएको

७औं नाशिमुरा कप अनलाइन कराते च्याम्पियनशिपमा नेपालले सफलतापूर्वक १६ स्वर्ण, १२ रजत र ७ कांस्य पदक जित्ने सफल भएको छ ।

अक्टोबर ३०, ३१ र नोभेम्बर १ गते कराते फिलिपिन्स लिगले यो अनलाइन कराते चैम्पियनशिप आयोजना गरेको थियो र फिलिपिन्स कराते लिगका अध्यक्ष शिहान डेनिस अकुइनो थिए ,यो अनलाइन कराते च्याम्पियनशिपमा नेपालले उक्त पदक सफलतापूर्वक प्राप्त गर्न सफल भएको अन्तर्राष्ट्रिय प्रशिक्षेक र अन्तर्राष्ट्रिय निर्णायक रबी शाहिले सूचित गराउनु भयेको हो।

नेपालका लागि रवीन्द्र मानन्धर , सुभाष घटन, सुभाष कार्की, मनीष कार्की, शत्कर घरती मागर, अनुभा मंग्रान्ती, सुबिता गौतम,गरिमा मगर, रोशमा राई, रिना श्रेष्ठ,सन्जु धेशरले स्वर्ण पदक जितेका छन्। जगत शिंग धनुक, सोनिम मानन्धर, न्यान्सी छेत्री, न्हुजः मान शाक्य, रुद्राक्ष देवकोटा ,नीता आचार्यले रजत पदक जितेका छन्। जुलियाना मोक्तान, डिप्सन सापकोटा, हेरेन्जेन लामा, आरव देवकोटाले कांस्य पदक जितेका छन् ।

पुरुष उमेर समुह ३७-४५ एडवाच मास्टर काता वर्गमा रविन्द्र मानन्धरले स्विडेनका खेलाडी एन्टोन कुमरलाई हराएर प्रथम हुन सफल भएको छ । पुरुष उमेर समुह १०-१२ साईट काता वर्गमा नेपालकै खेलाडी न्हुज: मान शाक्य दोस्रो हुन सफल भएको छ । पुरुष उमेर समुह १३-१७ एडवाच काता वर्गमा नेपालकै खेलाडी सोनिम मानन्धर दोस्रो हुन सफल भएको छ ।

पुरुष उमेर समुह १८-२५ एडवाच काता वर्गमा नेपालकै खेलाडी जगत शिंग धनुकलाई सुभाष घटनले हराएर प्रथम हुन सफल भएको छ । सोहि इभेन्तमा स्वीडेन र यूएइ तेस्रो हुन सफल भएको थियो । पुरुष उमेर समुह २५-३५ एडवाच काता वर्गमा स्वीडेनको खेलाडी केन्टारो एरिक्सनलाई सुभाश कार्कीले हराएर प्रथम हुन सफल भएको छ । मनीष कार्कीले पुरुष १३-१५ मध्यवर्ती काता वर्गमा फिलिपिन्सको खेलाडी म्याथी बाल्डेटामोनलाई पराजित गरे। शत्कर घाटी मगरले फिलिपिन्सको खेलाडी चाहतगट शिंगलाई हराए ९ बर्ष मुनिको मध्यवर्ती काता वर्गमा प्रथम हुन सफल भएको छ ।

सुबिता गौतमले फिलिपिन्सको खेलाडी मरिएल्ल उर्बनोलाइ हराएर ९ बर्ष मुनिको मध्यवर्ती काता वर्गमा प्रथम हुन सफल भएको छ । महिला उमेर समुह १०-१२ नविक काता वर्गमा नेपालकै खेलाडी न्यान्सी क्षेत्रीलाई अनुभा मंग्रान्तीले हराएर प्रथम हुन सफल भएको छ । सोहि इभेन्तमा इरान र फिलिपिन्स तेस्रो हुन सफल भएको थियो । महिल उमेर समुह १३-१७ एडवाच काता वर्गमा इन्डोनेसियाको खेलाडी नबिला शकिला लिनोमेलाई पराजित गरे सन्जु धेशर प्रथम हुन सफल भएको छ ।

महिला उमेर समुह १३-१७ नविक काता वर्गमा स्वीडेनको खेलाडी नाथली कोमरलाई पराजित गरे गरिमा मागर प्रथम हुन सफल भएको छ । महिला उमेर समुह १८-२५ एडवाच काता वर्गमा नेपालकै खेलाडी निता आचार्यलाई रोशमा राइले हराएर प्रथम हुन सफल भएको छ । सोहि इभेन्तमा स्वीडेन तेस्रो हुन सफल भएको थियो । महिल उमेर समुह २६-३५ एडवाच काता वर्गमा फिलिपिन्सको खेलाडी हन्जेलन्न बोर्ज्रेलाई रिना श्रेष्ठले हराएर प्रथम हुन सफल भएको छ ।

यस अनलाइन च्याम्पियनशिपमा १६ देशहरु र २३२ एथलेटिकलहरुले भाग लिएका छन् । नेपाल, फिलिपिन्स इरान,स्वीडेन, जापान, क्यानाडा, चिली, इट्ली मकायु, यूएई, इजिप्ट, संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, सिंगापुर, हंगकंग तथा स्वीडेनका एथलेटिकलहरुले भाग लिएका थिए । उक्त चम्पियनशिपमा नेपालको तर्फबाट रबि शाहिले संयोजन भुमिका निर्भ गर्नु भएको साथै निर्णायकको पनि भुमिक गर्नुभएको अन्तर्राष्ट्रिय प्रशिक्षेक र अन्तर्राष्ट्रिय निर्णायक रबी शाहिले जानकारी गरएिको थियो ।

पुरुष ९ बर्ष उमेर भन्दा तल वर्गको कुमितेमा रेन्जेन लामाले नेपालकै खेलाडी आरभ देवकोटालाई हराएर प्रथम भए भने , सोही एभेन्तमा फिलिपिन्सका खेलाडी देलनोअ अ. बालोयट जूनियर र नेपालको खेलाडी पुरुषोत्तम कार्की तेस्रो भएका छन । पुरुष १०-१२ बर्ष उमेर समुह वर्गको कुमितेमा अन्मोल मगर प्रथम भएको छ । पुरुष १३-१५ बर्ष उमेर समुह वर्गको कुमितेमा अनिश मन्दल दोस्रो भएको छ भने बिजय बुद्ध तेस्रो भयो । पुरुष १८-२५ बर्ष उमेर समुह वर्गको कुमितेमा आशिष कार्की प्रथम भएको छ भने सन्देश लामा दोस्रो भयो । महिला ९ बर्ष उमेर भन्दा तल वर्गको कुमितेमा सुबिता गौतम प्रथम , जुलिआना मोक्तान दोस्रो र वोङ्सिका तामाङ तेस्रो भएको छ । महिला १०-१२ बर्ष उमेर समुह वर्गको कुमितेमा न्यान्सी क्षेत्री तेस्रो भएको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey