प्राेत्साहन भत्ता दिनपर्याे भनेर खेलाडीले नै गुहार गर्नुपर्ने अवस्था

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-१६
  • |
  • 297 पटक हेरिएको

दक्षिण एशियाली खेलकुद सागमा स्वर्णपदक जित्ने खेलाडी र पहिलो ओलम्पियनलाई दिने भनेको मासिक प्रोत्साहन भन्दा पछिल्लो तीन महिना भन्दा बढि समय देखि खेलाडीले पाउन सकेका छैनन् ।

यस्तैमा पदक विजेता खेलाडीको प्रोत्साहन भत्ता रोकिनुको कारणबारे राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका पदाधिकारीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई भेटेर बुझेका छन । मन्त्रालयकै कारण भत्ता जान ढिलाई भएको भन्ने जानकारी पाएपछि एनएनआइपीएको टिमले खेलकुद सचिवलाई भेटेका छन । सो भेटका क्रममा भत्ता रोकिनुको कारणबारे बुझेका थिए ।

सरकारले पहिलो अन्तराष्ट्रिय पदक विजेता, र पहिलो ओलम्पियनलाई आजीवन मासिक १० हजार रुपैयाँ, एशियाडको पदक विजेतालाई चार हजार दिने भनेकोमा पछिल्लो पटक बढाएर ६ हजार पुर्याएको थियो ।

यस्तै सागको स्वर्ण पदक विजेतालाई पनि ६ हजार दिने भनेको थियो । तर नयाँ आर्थिक बर्ष सुरु भएदेखि नै कसैले पनि सो भत्ता पाएका छैनन् । त्यसैले पनि खेलाडी तीन तीन महिनासम्म पाउने भत्ता नपाएको भन्दै आक्रोष पोखिरहेका छन ।

नयाँ आर्थिक बर्ष लागेपछि खेलाडीको भत्ताका विषयमा युवा तथा खेलकुद मन्त्रालयले कार्यविधी बनाएर पठाउन भनेर राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको थियो । त्यो कार्यविधी बनाएर भदौ महिनामा नै परिषद्ले मन्त्रालयलाई पठाएको थियो । तर एक महिनाको समय सकिदापनि त्यो कार्यविधीलाई कार्यान्वयनमा ल्याउन सकेको छैन ।

अब अहिले खेलाडी नै त्यसकाे ताकेताका लागि मन्त्रालय पुगेका छन । अब कार्यविधी कहिले बन्ने, बै‌ङ्कबाट खेलाडीको खातामा कहिले रकम जाने अनिश्चित नै छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey