मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टिम कात्तिक २० गते ढाका जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-१४
  • |
  • 610 पटक हेरिएको

बंगलादेशसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टिम कार्तिक २० गते जाने भएको छ । बंगलादेशको ढाकामा हुने दुई मैत्रीपुर्ण खेलका लागि एन्फाले राष्ट्रिय टिमलाई करिव एक साता अगाडी ढाका पठाउन लागेको हो ।

नेपाली टिम ढाका पुगेपछि एक साताको क्वारेन्टिनमा बसेर बंगलादेश सरकारको नियम अनुसार परिक्षण गर्नेछ । त्यहाँ क्वारेन्टिनमा बस्दापनि नजिकैको मैदानमा प्रशिक्षण गर्न पाउने भएको छ । नेपाली टिम ढाका हिमायलन एयरलाइन्सको विशेष विमानमा जाने भएको छ । नेपालले बंगलादेशसँग कार्तिक २८ र मंसिर दुई गते मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।

कोरोना भाइरसका कारण करिव सात महिना फुटबल विहिन बनेका खेलाडी दुई दिन देखि नियमित प्रशिक्षणमा रहेका छन । एन्फाले मैत्रीपुर्ण खेलका लागि ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएकोमा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । बाँकी २९ जना खेलाडी नियमित प्रशिक्षणमा रहेका छन ।

पोजेटिभ देखिएपछि आइसोलेसनमा रहेका खेलाडी यो टुर गुमाउने पक्का जस्तै रहेको छ । मैत्रीपुर्ण खेलका लागि यसपटक बालगोपाल महर्जनले प्रशिक्षकको भूमीका निमाउने छन भने राष्ट्रिय टिमसँग गोलकिपर प्रशिक्षकका रुपमा पहिलो पटक विकाश मल्लपनि जाने भएका छन ।

नेपाली टिमकाे प्रशिक्षण भिडियाेमा

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal