ठेकेदारबिच नै टेन्डरमा विवाद हुँदा मुलपानी क्रिकेट मैदानकाे काम सुरू हुनेमा अनिश्चितता

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-१४
  • |
  • 507 पटक हेरिएको

मुलपानीको तल्लो क्रिकेट मैदान निर्माणको काम एका देशको कथा जस्तै भइसकेको छ । हरेक बर्ष सो मैदान निर्माणका लागि निश्चित रकम छुटिन्छ, तर कहिले काम नभएर फ्रिज हुने गरेको छ भने कहिले विभिन्न अड्चनले रोकिएको छ । केहि बर्षसम्म मुआब्जा लिन ढिलाई हुँदा त्यतिकै काम रोकियो । जग्गाको मुआब्जा सरकारले लिइसकेपनि अझै पुर्ण रुपमा मुलापानीको तल्लो मैदानको विचमा रहेका दुई वटा टहरा हट्न सकेका छैनन् । अघिल्लो बर्ष सो मैदानमा काम शुन्य नै बन्यो । अहिले मैदानमा आफ्नो एरिया वरिपरी तारजाली लगाएको छ । तर एक बर्ष अगाडी जति काम भएको छ, त्यसमा एउटा पनि इट्टा थपिएको छैन ।

यस्तैमा सरकारले यो आर्थिक बर्षमा मुलपानी मैदानका लागि भनेर एक करोड रुपैयाँ रातो कितावमा राखेको छ । यस्तैमा परिषद्ले पनि तीन महिना अगाडी मुलपानी मैदानको निर्माणका लागि टेन्टर आह्वान गरेको थियो । त्यो टेन्डरमा तीन वटा कम्पनी मिलेर संयुक्त रुपमा टेन्टर हालेका थिए । तर टेन्डर परेको केहि दिनमा नै अख्तियारमा उजुरी पर्यो ।

प्रतिष्ठा, सुनकोशी र आरएनसी कन्सर्टक्सन मिलेर संयुक्त रुपमा टेन्डर हालेपनि पछि उनीहरु विचमा नै कुरा नमिलेपछि त्यो मध्येको एक कम्पनीले अख्तियारमा उजुरी हाल्यो । जुन कम्पनीले उजुरी हालेको थियो, उसले अर्को कम्पनीको निर्माण कारोबार राम्रो नरहेको र उसको सबै कागजपत्र हेर्न भनेर अख्तियार र राष्ट्रिय खेलकुद परिषद्मा नै उजुरी हाल्यो । त्यसमा अख्तियारले सबै कागजपत्र मागेर अध्ययन गरेर आफ्नो निर्णय दिएको थियो । यता सोहि बेला परिषद्मा सदस्यसचिवको मिती सकिदा केहि ढलाई भयो । तर पछिल्लो पटक परिषद्ले पनि सबै कुरा ठिक रहेको ठहर गरेपनि बजेटका कारण काम सुरु हुन सकेको छैन ।

बहुबर्षिय योजनामा रहेको मुलपानीको तल्लो क्रिकेट मैदानमा २५ देखि २७ करोडको टेन्डर आह्वान भएको थियो । कुनैपनि कम्पनीले काम सुरु गर्नुभन्दा अगाडी कम्तिमा १० प्रतिशत रकम अग्रिम कामका लागि लिने गर्छ । तर अहिले मुलपानी मैदानका लागि खर्च गर्ने रुपैयाँ सरकारसँग नै नभएको भन्दै काम सुरु हुन सकेको छैन ।

अहिले ठेकेदारकै कारणले तोकेको समयमा काम हुन नसकेको र सबै कुरा क्लियर भइसकेको परिषद्को भनाई छ । तल्लो मैदानमा प्यारापिट त बनाइएको छ । अझै फिनिसिङ भएको छैन । तपाई मुलपानी जानुभयो भने खाली पिलर देख्नुहुन्छ । भित्र गएर हेर्नुभयो भने ब्लकहरु पनि उबड खावड भएर बनेको छ ।

ब्लकहरु पनि राम्रोसँग नजोड्दा पूर्वाधार त्यति बलियो छैन भन्ने सहजै अनुमान गर्न सकिन्छ । उक्त मैदानमा गत बर्ष पीएम कप क्रिकेट भएको थियो । पहिला पीच तयार भएपनि अन्तिममा पिचबाट ग्यास लिग भएपछि म्याट राखेर हरिविजोग तरिकाले प्रतियोगिता सञ्चालन गरिएको थियो ।
उक्त प्यारापिट बनाउने जिम्मा मुन्ना एण्ड आचार्य कन्सक्ट्रक्सनले लिएको थियो । १६ करोडको काम गरेको उक्त कन्सक्ट्रसनले सम्झौता अनुसार काम पुरा गरेको भन्दै धरौटी पनि फिर्ता लगिसकेको छ । तर अझै फिनिसिङ बाँकी छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey