थापालाई कोरोना संक्रमण

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-१३
  • |
  • 178 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद्का प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापालाई कोरोना संक्रमण भएको छ ।

सामान्य लक्षण देखिएपछि थापाले गत मंगलबार पीसीआर परीक्षण गराएका थिए । सोको रिपोर्ट पोजेटिभ आएको थापा स्वयंले पुष्टि गरेका छन् ।

संक्रमण पुष्टि भएपछि थापाले आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

थापा कलंकीस्थित निवासमा ‘होम आइसोलेसन’ मा रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey