‘स्राेत र साधनकाे उचित ब्यवस्था भए १८ महिनामा गाैतमबुद्ध क्रिकेट रंगशाला बन्छ’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-०९
  • |
  • 413 पटक हेरिएको

चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम आगामी १८ महिनामा सम्पन्न गर्ने दृढ इच्छाका लागि धमाधम काम भइरहेको छ ।

जनस्तरबाट निर्माण भइरहेको यो क्रिकेट रंगशालालाई बनाइरहेको धुर्मुस सुन्तली फाउन्डेसनका प्रमुख सिताराम कट्टेल धुर्मुसले यदि सबै कुरा उचित तरिकाले भएमा आगामी १८ महिनामा काम सक्ने लक्ष्य रहेको बताए । तर त्यसका लागि स्रोत साधनहरु जुट्नुपर्ने र सरकारले पनि अपनत्व गरेर सहयोग गर्नुपर्ने बताए ।

यसका साथै यो रंगशालालाई एक ब्यक्तिले बनाएको नसोचेर सरकारले नै आफ्नो सम्पत्ती हो भनेर यसमा सहयोग गर्नुपर्ने बताए । यसका साथै उनले अहिलेसम्म इमान्दारीतका साथ काम गरेको र त्यो नै ठुलो कुरा रहेको बताए ।

उनले अहिले प्याराफिटको बेस बनिसकेको र अब माथिको संरचना बनाउन धेरै समय नलाग्ने बताए । हाल रंगशाला निर्माणमा दुई सय ३० भन्दा बढि कामदार नियमित रुपमा काम गरिरहेका छन । यसका साथै रंगशाला निर्माणको काम सुरु गर्दापनि शुन्य अवस्थामा थियौ भने अहिलेपनि त्यहि हालतमा रहेको बताए । तर इच्छाशक्तिका कारण नै अहिलेसम्म यतिसम्मको काम भएको र यसलाई पुरा गर्नेमा जोड रहेको बताए ।

रंगशाला निर्माणकै क्रममा क्यानका पदाधिकारीले पनि आफ्नो तर्फबाट सबै सहयोग हुने आश्वासन पाएको उनले बताए । यस्तै सबै खेलाडीलाई पनि उनले यत्रो देशको गौरवको काम भइरहेका बेला एक पटक आएर सबैले हेरिदिएर सल्लाह सुझाव दिएमा त्यसलाई झन मनन गर्ने बताए । यसलाई देशको सम्पत्ती सम्झेर सबैले सहयोग गर्न आग्रह गरे ।

हेरौ धुमुससँग नेप्लेजले गरेको कुराकानी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey