खेलकुद पुर्वाधारले पुर्ण बन्दै इटहरी, साताैं राष्ट्रियपछि कराेडाैं रूपैयाँ लगानी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-०८
  • |
  • 490 पटक हेरिएको

चार बर्षअघिसम्म गुमनाम रहेको इटहरी रंगशालाको अहिले मुहार फेरिएको छ । २०७३ सालमा सातौ राष्टिय खेलकुद प्रतियोगिताका केही प्रतिष्पर्धा पूर्वाधार बिनै गरेको भन्दै आलोचना खेपेको रंगशालामा ३ हजार ५ सय दर्शक क्षमताको भीआइपीप्यारापिटसँगै बिभिन्न १५ खेलका प्रतियोगिता एकैपटक गर्न मिल्ने संरचना बनेपछी मुहार फेरिएको हो। रंगशालामा सुविधासम्पन्न खेलकुदका संरचना निर्माणसँगै अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनमा सहज हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निबर्तमान सदस्यसचिव केशवकुमार बिष्टले आफ्नै गृहनगरमा निर्माणाधिन रंगशालालाइ स्पोर्टस कम्प्लेक्समा परिणत गर्न झण्डै ३७ करोड रुपैयाँ भित्राएका हुन । पदमा रहँदा हरेक पल्ट काठमाण्डौबाट इटहरी आउदा कुनै न कुनै खेलकुदका संरचनासिलन्यास र उद्धघाटन गर्ने गरेका बिष्टले रंगशालामा तेक्वान्दो भवन, ब्याडमिन्टन कोर्ट, भलिबल एकेडेमी, उसु, कराँते भवन, टेबल टेनिसलगायत खेलकुदका पूर्वाधार निर्माणमा करोडौको योजना भित्र्याएका थिए ।

आठ बिघा जमिनमा फैलिएको रंगशालालाई स्पोर्ट्स कम्प्लेक्समा परिणत गर्न करोडौ रुपैयाँलगानीभित्राएका बिष्ट आफ्नो कार्यकालमा इटहरी मात्र नभएर देशभरी नै खेलकुदका संरचना निर्माण गरेको दाबी गर्छन ।

भीआई पीप्यारापिट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पोस्ट म्याचकन्फ्रेन्स हल, भीआईपीलाउन्ज कक्ष, मेडिकल वार्ड, दुइटा चेन्जिङ रूम र रेफ्री रुम निर्माण गरिएको छ । प्यारापिटको काम सकिएपछि मैदानको लेभलिङ गर्ने र चार सय मिटरको एथलेटिक्स ट्र्याकलाई सेन्थिटिक ट्र्याकमा परिणत गर्ने लक्ष्य छ । रंगशालाले इटहरीलाई मुलुककै खेलकुदको हब मात्र हैन पहिचान नै फेरिदिएको भन्दै खेलकुदकर्मी पनि उत्साहित छन ।

२४ करोडको लागतमा भीआईपी प्यारापिटको निर्माण कार्य अन्तिम चरणमा पुगेको रंगशालामा बाँकी १३ करोडको लागतमा विभिन्न १५ खेलको पूर्वाधार निर्माण भइसकेका छन ।

अहिले रंगशालामा निर्माण भएका केही संरचनामा कोरोना भाइरस संक्रमित बिरामीहरुकालागि आइशोलेशन निर्माण गरिएकाले स्तरउन्नतीको काम रोकिएको छ । मुलुक कोरोना भाइरसको संक्रमणबाट मुक्तभएर सामान्य अस्वस्थामा फर्किए केही महिनापछीे इटहरी रंगशाला स्पोर्ट्स कम्प्लेक्सका रुपमा सञ्चालनमा आउने निश्चित छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey