Mega Bank

खेलाडीकाे सामाग्रिमा हिनामिना गर्ने दाेशिलाई चाँडै कारवाहि हुन्छ-सिलवाल

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-०७-०३
  • |
  • 259 पटक हेरिएको

दक्षिण एशियाली खेलकुद सागका बेला ब्याटमिन्टनका खेलाडीको सामाग्रिमा भएको अनियमितताको विषयमा गठन भएको छानविन समितीले बुझाएको प्रतिवेदनका आधारमा दोशीलाई कारवाहि गरिने राष्ट्रिय खेलकुद परिषद्ले बताएको छ ।

खेलाडीको सामाग्रिमा कम मुल्यमा खरिद गरेर बढि मुल्यको बिल बुझाएको र खेलाडीले पनि पुरा सामाग्रि नपाएको भन्दै परिषद्मा नै उजुरी दर्ता गरेपछि त्यो विषयमा खेलकुद मन्त्रीले नै छानविन समिती गठन गरेको थियो ।

राखेपको सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन भएको सो छानविन समितीले करिव डेढ महिना लगाएर ४१ पृष्ठको प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदनका आधारमा रहेर राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले साच्चिकै दोशी कोहि छन भने उनीहरुलाई कारवाही हुने बताए ।

सिलवालले प्रतिवेदन अध्ययन गरेर सक्याउने क्रममा रहेको र त्यसमा केहि ब्यक्तिले आर्थिक हिनामिना गरेको ठहर भएको छ । अब परिषद्ले ती ब्यक्तिका बारेमा सबै बुझेर आवश्यक कारवाहि गर्ने बताए । यसका साथै सिलवालले दोशी देखिएका ब्यक्तिमात्र होइन, यसमा अरुपनि दोशी रहेको बताए । बिल भरपाई गर्दा सबै ठिक रहेको र खेलाडीले आफैले उजुरी दिएर मात्र हिनामिना भएको भन्ने थाहा पाउने अवस्थाले कुरा गम्भिर रहेको बताए ।

सामाग्रि आएर बाढ्दा सबैले हस्ताक्षर गरेको, मुख्य प्रशिक्षकले बुझेको, खेलाडीले पनि बुझिलिएको भनेर हस्ताक्षर गरेको, यतिमात्र होईन, ब्यवस्थापकले पनि कुनै आपत्ती नभएको बताएपनि सबै कुरा ठिक होला भनेर ठानेको बताए । यदि उनीहरुले आफुलाई चाहिने सामान नपाएको भए बुझिलिएको भनेर किन हस्ताक्षर त्यसमा उनीहरुलाई पनि सचेत गराउने ठाँउ रहेको बताए ।

यतिमात्र होईन, सागका बेला ब्याटमिन्टन खेलाडीको पुरस्कार वितरणमा आफु नै उपस्थित हुँदा कसैले पनि केहि नबोलेको र पछि खेलाडीबाट नै उजुरी आउँदा चलखेल हुनसक्ने पनि बताए ।

उनले यो प्रतिवेदनपछि परिषदको जिन्सी भेरिफिकेसनका लागि अर्जुन केसीको संयोजकत्वमा समिती बनाएको बताए । त्यसले सबै विबरण राख्न र के कुरा आयो र के गयो भन्ने टिपोट गर्न निर्देशन दिएको समेत बताए ।

अब छानविन समितीले जुन प्रतिवेदन बुझाएको छ, त्यसमा दोशी देखिने जो जो मानिसलाई इन्डिकेसन गरेको छ, उनीहरुलाई छिट्टै कारवाही हुने बताए । तर कारवाही ऐन र कानुनमा रहेर गर्ने बताए ।

अबबाट खेलकुदमा यस्तो प्रबृती नआओस भन्ने र यसलाई समयमौ चिरौ भन्ने परिषद्को धारणा रहेको बताए । सागका बेला खेलाडीको जुत्तामा मोटो रकम खाएको छानविन समितीको ठहर रहेको छ ।

भर्खरै

Advertisement