राखेपका नयाँ सदस्यले लिए सपथ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-०३
  • |
  • 127 पटक हेरिएको

नेपाल सरकारको मन्त्रीपरिषद्बारा अघिल्लो साता मनोनित भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यले औपचारिक रुपमा सपथ लिएका छन ।

भदौ २९ गते मन्त्रीपरिषद्को बैठकले मनोनित गरेका ११ जना सदस्यलाई खेलकुद मन्त्री जगत विश्वकर्माले सपथ खुवाए ।

राखेपको बोर्ड सदस्यमा हरी खड्का, मानदेव हजारा, पुरेन्द्र लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबन्दना राई, सुमित्रा चौधरीलाई मनोनित गरेका थिए ।

यस्तै परिषद् अध्यक्षको रुपमा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई नियुक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले परिषदमा खेलकुद बुझेका सदस्य आएको बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey