सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषकाे १ लाख २५ हजार सहयाेग

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-०२
  • |
  • 319 पटक हेरिएको

ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि राष्ट्रिय खेलाडी कल्याणकारी कोषले आर्थिक सहयोग प्रदान गरेको छ ।

खुट्टामा चाेट बाेकेपछि उपचार गराइराखेकी सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी काेषबाट १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयाेग गरिएकाे छ ।

कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सीताले उपचार गराइरहेकाे अस्पताल ट्रमा सेन्टरमा पुगेर रकम हस्तान्तरण गरेकाे बताइएकाे छ ।

सीताको प्रशिक्षणका दौरान घुँडामा चोट लागेको थियो । उनकाे सरोज राईको नेतृत्वमा रहेकाे चिकित्सककाे टिमले शल्यक्रिया गरेकाे थियाे । सीता आइतबार डिस्चार्ज भएकी छिन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey