प्रशिक्षणमा ब्यस्त बने ओलम्पिक छनाेट खेल्ने कराते खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-२३
  • |
  • 291 पटक हेरिएको

काेराेनाकाे महामारीका कारण खेलकुद गतिविधी सुरु गर्नका लागि सरकारले नै अनुमति नदिएका बेला टोकियोमा अर्को वर्ष हुने ओलम्पिक छनोटको तयारीका लागि कराँतेले प्रशिक्षण सुरु गरेकाे छ ।

सबै सुरक्षा अपनाएर कराँतेले असाेज ६ गतेबाट नै प्रशिक्षण सुरु गरेकाे हाे । खेलकुदकाे कुनै गतिविधी नगर्न भन्दै लिखित पत्र नै काटिएकाे थियाे । तर पनि खेलाडीलाई उपनाउनुपर्ने सबै सुरक्षा सावधानी मापन गरेर प्रशिक्षण गरिएकाे हाे ।

सरकारले भिडभाड हुने क्षेत्रसँगै खेलकुद र मनोरन्जनको क्षेत्रलाई अझै सुचारु गर्न अनुमति दिएको छैन । तर खेलाडीलाई फिट राख्नका लागि राष्ट्रिय खेलकुद परिषदकाे अनुमतिमा कराँतले भने तयारी सुरु गरेकाे छ ।

टोलीले सातदोबाटोस्थित कराँते हलमा दैनिक दुई घन्टा प्रशिक्षण गरिरहेको छ । तत्कालका लागि खेलाडीलाई फिटमा राख्नको लागि टेक्निकल फिटनेसको स्तर बढाउनमा केन्द्रित छ ।

प्रशिक्षणमा अनु अधिकारी र नवीन रसाइली छन् । उनीहरुलाई पार्टनरको रुपमा आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता विपिन सिंह र प्रदेश स्तरीय खेलाडी स्वीकार राईलाई राखिएको छ ।

कोरोना संक्रमण बढेसँगै प्रशिक्षण गत साउन २७ गते दाेस्राे पटक स्थगित भएकाे थियो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey