परिषद्काे बाेर्ड सदस्यमा थप ११ जना मनाेनित ( काे काे परे )

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-२३
  • |
  • 456 पटक हेरिएको

नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ११ जनालाई मनोनित गरेको छ । सोमबार बसेको क्याविनेटको बैठकमा परिषद्का थप ११ जना सदस्यलाई मनोनित गरेको हो ।

जसमा प्रदेश नं १ बाट पूर्व फुटबलर हरि खड्का खस आर्य समुदायको कोटामा सदस्यमा चयन भएका छन । प्रदेश नं २ मानदेव हजरा मधेशी दलित कोटामा परिषद्मा प्रवेश गरेका छन । यस्तै बागमति जनजाती कोटामा पुणेन्द्रविक्रम लाखे सदस्यमा मनोनित भएका हुन । गण्डकी प्रदेश राजेशकुमार गुरुङ जनजाती कोटामा चयन भएका छन ।

प्रदेश २ मोहम्मद साही शेख मुस्लिम समुदायबाट परेका छन भने कर्णाली प्रदेश नन्दा बश्याल महिला कोटामा परेका छन । यस्तै सुदुरपश्चिमबाट एकेन्द्र कुवँर पिछडीएको क्षेत्रको कोटामा परिषद सदस्यमा आएका छन । यस्तै महिला कोटामा प्रदेश १ चन्द्र बदना राई र थारु महिला कोटामा प्रदेश ५ सुमित्रा चौधरी रहेकी छिन । यसका साथै संघको सिफारिसमा हुने दुईवटा महिला कोटामा रेनुका श्रेष्ठ, सुबर्णकेशरी श्रेष्ठ परेका छन ।
राष्ट्रिय खेलकुद विकास ऐनले ३७ जना बोर्ड सदस्यको व्यवस्था गरेको छ ।

ऐनको प्रावधान अनुसार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए । मन्त्री विश्वकर्माले परिषद् अध्यक्षको हैसियतमा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द्र भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई नियुक्त गरेका थिए ।

बिज्ञको रुपमा रिम रानाभाट र इन्दिरा निरौला, खेलकुद संघको सिफारिमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ र पर्यतीय खेलकुद महासंघको प्रतिनिधिको रुपमा गोविन्द्र भट्टराईलाई बोर्ड सदस्य नियुक्त गरिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey