टोकियो ओलम्पिकको खर्च कटौतीकाे याेजनामा नेपाललाई पनि असर पर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-२२
  • |
  • 292 पटक हेरिएको

कोरोना भाइरसका कारण एक बर्ष स्थगित भएको टोकियो ओलम्पिकमा यसपटक कसरी रकम कटौती गर्ने भन्नेमा धेरै योजना बनाइराखिएको छ । जसमा पहिलो चरणमा ओलम्पिक आयोजकले २८० मिलियन अमेरीकी डलर बचाउने योजना सार्वजनिक गरेको छ ।

ओलम्पिक कमिटीको कार्यसमितीको बोर्ड बैठकले गरेको निर्णयमा १२.६ विलियन डलर कुल खर्चको दुई प्रतिशत रकम बचाउने योजना बनाएको छ ।

टोकियो ओलम्पिक अहिलेसम्मकै महंगो ओलम्पिक हुने अनुमान अक्सफोर्ड विश्वविध्यालयले गरेको थियो । त्यसमा पनि कोरोनाले एक बर्ष ढिलो हुँदा अझ खर्च बढ्ने बताएको थियो ।

तर अब आइओसी र आयोजकले खर्च कसरी कटाउने भन्ने विषयमा ब्यापक छलफल भइरहेको छ । यस्तैमा टोकियो ओलम्पिकमा कटौती गर्न मिल्ने ५० वटा क्षेत्रलाई प्रस्तावमा राखेको छ ।

त्यसमा अहिले बनिसकेका रंगशाला नयाँ इक्वेपमेन्ट राख्न नपाउने वा पुनः मर्मत गर्न नपाउने, ब्यानरको प्रयोग निकै कम गर्ने, १० देखि १५ प्रतिशत हरेक देशबाट आउने डेलिगेटहरुको संख्या कटौती गर्ने, बसको प्रयोग कम गर्ने, हस्टिालिटी एरिया कम गर्ने छन । यस्तै मस्कटको उत्पादन बन्द गर्ने, सबै देशका खेलाडीलाई स्वागतको कार्यक्रम रद्द गर्ने रहेको छ ।

तर खेलाडी र खेललाई कम गर्ने भन्नेमा भने कुनै योजना बनाइएको छैन । यसका साथै टोकियो ओलम्पिकको उद्घाटन र समापन समारोहमा पनि कुनै परिवर्तन नहुने भनिएको छ भने १२१ दिनको टर्च र्याली पनि परिवर्तन हुने छैन । यस्तै प्रतियोगिता हुने स्थलमा पनि कुनै परिवर्तन नहुने भएको छ ।

यो पटकको टोकियो ओलम्पिकमा हरेक खेलमा आउने विशिष्ट पाहुना र ओलम्पिक परिवारका गेष्टको पनि कटौती हुने भएको छ ।

टोकियो ओलम्पिकमा खर्च हुने भनिएको रकम मध्ये ५.६ बिलियन निजी कम्पनीको लगानी रहेको छ । १.३ बिलियन रकम आइओसीको खर्च हो भने त्यसमा उसले थप ६५० मिलियन डलर दिने भनेको छ । कुल खर्चको ६० प्रतिशत रकम सरकारले खर्च गर्ने बताएको छ ।

यसको असर नेपाललाई पनि पर्ने भएको छ । किनकी नेपालबाट पनि खेलाडी भन्दा तीन चार गुणा बढि पदाधिकारी विभिन्न कोटामा जाने गरेका थिए ।

आइओसीले कटौती गर्ने भनेको सूचीमा सोलिडारीटीको कोटामा परेका अरुपनि आसन्न टोकियो ओलम्पिकमा कटौती हुने भएका छन । जसका कारण हरेक देशबाट आउने टिमको संख्या कम होस भन्ने ओलम्पिकको चाहना रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal