४१ पृष्ठ लामाे प्रतिवेदनमा सिफारीस गरिएअनुसार दाेशीलाई कारवाही हाेला ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-२१
  • |
  • 285 पटक हेरिएको

दक्षिण एशियाली खेलकुद सागका बेला ब्याटमिन्टनमा भएको अनियमितताका विषयमा गठन भएको छानविन समितीले रकम हिनामिना पक्कै भएको र पिडित पक्षले तोकिएको सामान उपलब्ध लगाउनका लागि सिफारिस गरिएको छ ।

परिषद्का बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठिन सो छानविन समितीले करिव डेढ महिनाको समय लगाएर तयार पारेको प्रतिबेदनमा सागका बेला ब्याटमिन्टनको खेलाडीको सामाग्रिमा भ्रष्टाचार भएको पक्का गरेको छ ।

४१ पृष्ट लामो सो प्रतिवेदनका लागि २३ जनासँग सोधपुछ गरिएको थियो । त्यसमा पाँच जनासँग दोस्रो पटक र ६ जनासँग अनलाइनबाट सोधपुछ गरिएको थियो । पाँच जनाको सो समितीले करिव एक दर्जनपटक बैठक गरेको थियो ।

अन्तिममा समितीले खेलाडीको सामाग्रि खरिद गर्दा खरिदकर्ता, भण्डारणमा रहेका ब्यक्तिको गल्ति हुनसक्ने आंकलन गरेको छ । यसका साथै सो समितीले १० हजार रुपैयाँ पर्ने जुत्ताको मुल्य बढाएको र जसले सागका लागि ५२ लाखको सामाग्रि खरिद गरेको त्यसले पनि भुक्तानीको विल नभएको बताएको समितीका एक सदस्यले बताए ।

सामाग्रिका विषयमा अपरिचित ब्यक्ति भएर कुरा गर्दा सामाग्रि खरिदका बेला कोटेसन नलिईएर हतारमा काम गरेको पाइएको र त्यो बेला सामाग्रिको अभाव पनि भएको हुनसक्ने अनुमान गरेको छ । तर पनि साग सकिएको १० महिनासम्म पनि खेलाडीले सामाग्रि नपाउँनुमा को दोशी भन्दापनि प्रवृती कस्तो भन्ने प्रष्ट हुने ती सदस्यले बताए ।

खेलाडीको २७ जोर जुत्ताको दुई लाख ७० हजार नक्कली बिल बुझाएको भनिएको छ । अब खेलाडीलाई संघमा जसले सामाग्रिको जिम्मा लिएको हो, उसले दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । किनकी परिषद्बाट सबै रकम भुक्तानी भइसकेको तर खेलाडीले भनेको सामाग्रि नपाउँदा त्यो विचको दोशीलाई कारवाहि गर्न समेत भनिएको छ ।

ती सदस्यले अब छानविन समितीले प्रतिवेदनमा प्रष्ट कुरा लेखेर बुझाएको छ, तर कारावाही गर्ने नगर्ने परिषद्, मन्त्रालय र कार्यसमितीको हातमा रहेको बताए ।

यस्तै पोखरामा ब्याटमिन्टनको म्याटमा पनि केहि हिनामिना भएको र त्यो म्याट नभएर म्याटको मुनी राख्ने फ्लोर म्याट रहेको र त्यसको मुल्य करिव १९ लाख रुपैया राखेको पाइएको ती सदस्यले बताए । तर अहिले बुझ्दा बजार भाउ भन्दा तीन गुणा महंगो रकम तिरेको पाइएको बताए । यसका लागि पनि खरिद प्रक्रियामा गल्ति देखिएको र राम्रोसँग बजारभाउ नबुझेर आँखा चिम्लिएर खरिद गरेको जस्तो देखिएको छानविन समितीका एक सदस्यले बताए ।

ब्याटमिन्टनमा मात्र होइन, अरु खेल संघमा पनि यस्तो प्रवृती भएको हुनसक्ने र यसलाई समाप्त गर्न ठोस योजना र कदम चाल्नुपर्ने अवस्था आएको बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal