रंगशालामा म्युजिक भिडियाेकाे सुटिङका लागि भने खुल्ला, खेलाडीकाे प्रशिक्षण कहिले कहिले !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-२१
  • |
  • 442 पटक हेरिएको

नेपालको एकमात्र भनिएको अन्तराष्ट्रिय स्तरको रंगशाला दशरथ रंगशाला निर्माणाधिन अवस्थामा नै रहेको छ । रंगशालाको मैदान र अहिलेपनि मर्मत कै क्रममा छ । अझै यो मैदान निर्माणका लागि रातो कितावमा दुई वटा फरक शिर्षकमा झण्डै एक करोड रुपैयाँको बजेट राखिएको छ । दक्षिण एशियाली खेलकुद सागका बेला हतार हतारमा बनाइएको रंगशाला अझैपनि पुर्ण रुपमा बनिसकेको छैन ।

त्यसमा पनि कोरोना भाइरसका कारण रंगशालामा हुनुपर्ने नियमित प्रतियोगिता ठप्प छन । ६ महिनादेखि कुनै प्रतियोगिता नहुँदा रंगशाला खालि रहेको छ भने मैदानको मर्मत दिनहु नै भइरहेको छ ।

बर्षोपछि चीनिया सरकारको सहयोगमा बनेको रंगशालाको ट्रयाकमा खेलाडी दौडिनुपर्ने बेला बुधबार फरक तस्विर देखियो । ट्रयाकमा एउटा म्युजिक भिडियोको सुटिङ भइरहेको थियो ।

जसमा क्यामरा र अरु प्रप्सहरु ट्रयाकमा नै राखिएको थियो । गायक दुर्गेश थापा, एलिजा गौतम लगायत अरु डान्सरहरु ट्रयाकमा गितको बिटमा नाचिरहेका थिए । कट भन्नेवितिक्कै डान्सरहरु मैदानमा प्रवेश गरेर तस्विर खिचाउन हतारिन्थे ।

फिफा विश्वकप छनोटको तयारीका लागि एन्फाले मैदान बनाइरहेका बेला र कोरोनाको कहर भनेर खेलकुद ठप्प भएका बेला यसरी संभावित कोरोनाको जोखिम कायमै हुँदा कसले म्युजिक भिडियो सुटिङका लागि स्विकृती दियो, त्यो गौण छ । तर परिषद्का उपाध्यक्ष शिब कोइरालासँग यो विषयमा जानकारि लिन खोज्दा आफुलाई थाहा नभएको र यसरी यस्तो कोरोनाको अवस्थामा रंगशालामा म्युजिक भिडियो सुटिङ गर्न दिनु उचित नभएको बताए ।

रंगशाला सरकारी भएकाले यसमा कुनैपनि बाहिरको कार्यक्रम गर्दा परिषद्को अनुमति लिनुपर्छ । त्यसका लागि परिषद्ले केहि रकम भाडापनि लिने गरेको छ । खेलाडीहरु प्रशिक्षण गर्ने थलोमा खालि समयको मौका छापेर भिडियो सुटिङ गर्नु कुनै अपराध भने होइन, तरपनि अहिलेको यो संभावित जोखिमलाई ध्यानमा भने राख्नुपर्ने थियो ।

अहिलेपनि नेपालले फिफा विश्वकप छनोटका खेलहरु गर्नुपर्ने अवस्था रहेको छ । त्यसका लागि एन्फाले मैदानको मर्मत नियमित रुपमा गरिरहेको छ ।

रंगशालाको दुरुपयोगका विषयमा यसअघिपनि ठुलो विवाद नै भएको थियो । आतिफ अस्लम, ब्रायन एडम्स लगायतका गायकको कन्सर्ट हुँदा भाडाको विषयमा ठुलो विवाद भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey