छानविन समितीकाे निष्कर्ष: ब्याटमिन्टनमा आर्थिक हिनामिना भएकै हाे !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-१७
  • |
  • 475 पटक हेरिएको

नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा ब्याटमिन्टनमा भएको अनियमितताका विषयमा गठन भएको छानविन समितीले आफ्नो अनुसन्धान पुरा गरेको छ ।

डेढ महिना अगाडी राखेप सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन भएको छानविन समितीले सागका बेला खेलाडीको सामाग्रिमा अनियमितता भएको ठहर गरेको छ । समितीका संयोजक भट्टराईले आफुहरुले प्रतिवेदन तयार पारेको र त्यसमा खेलाडीको सामाग्रिमा केहि हिनामिना भएको थाहा हुन आएको बताए ।

नेप्लेजसँगको कुराकानीमा उनले दुई पटक छानविन समितीको मिती थपेर काम पुरा भएको र अब बुझाउन बाँकी रहेको बताए । उनले अर्को सातामा समितीले आफ्नो प्रतिवदेन तयार पारेको बताए । समितीको अध्ययन र सोधपुछ अनुसार खेलाडीको सामाग्रिमा पक्कै हिनामिना भएको बताए ।

सागका बेला ब्याटमिन्टनको खेलकुद सामाग्रि लगायत अन्य खर्चका लागि ५० लाख भन्दा बढि रुपैयाँको बिल पेश गरिएको थियो । उनले कागजीरुपमा सबै कुरा ठिक भएपनि खेलाडीले साग सकिएको ६ महिनासम्म पनि सामाग्रि नपाएको गुनासो आएपछि हिनामिना भएको ठहर भएको बताए ।

खेलाडीको सामाग्रिमा सुरुवातमा साइज नमिलेको बताइएपनि ६ महिनासम्म सामाग्री नपाउँनु आफैमा संकास्पद रहेको छ । बिलमा धेरै रकम राखेर खेलाडीलाई कम रकमको कमसल सामाग्रि दिएको भन्दै राखेपमा खेलाडीले नै उजुरी दिएपछि यो घटना बाहिर आएको हो ।

छानविन समितीले ढिलोमा आउँदो सोमबार आफ्नो प्रतिवेदन राखेपमा पेश गर्ने योजना बनाएको छ । खेलाडीले आफुले पाएका सामाग्रिहरु निकै कमसल भएको र फर्जि बिल पेश गरेको भन्दै उजुरी दिएका थिए । छानविन समितीले पनि यसमा परिषद्मा कसरी विलहरु पास भए भन्नेमा पनि चिन्ता ब्यक्त गरेको छ ।

परिषद्मा बिल पास भएर रकम निकासा भइसकेको छ । रकम निकासा हुँदापनि खेलाडीले सामाग्रि पाएको नपाएको भन्ने कसैले पनि वास्ता गरेका थिएनन् ।

कमिसनको चक्कर

छानविनमा अनियमितता देखिएपनि कागजमा सबै हिसावकिताव ठिक हुनु आफैमा ठुलो प्रश्न उठाएको छ । यसमा रकम हिनामिनामा परिषद्कै कर्मचारीको हात त रहेको छैन भन्ने पनि प्रश्न उठाएको छ ।

कुनैपनि काम गर्नका लागि परिषद्को स्विकृती विना नै काम गर्न निकै कठिन रहेको छ । सामाग्रि खरिदकालागि पनि पहिले मोटोमोटी खाका पेश गर्नुपर्छ, त्यसमा सबै विबरण उल्लेख हुनुपर्छ । तर अन्तिममा परिषद्मा सामाग्रि खरिद एक रेटमा गर्ने र बिल अर्को रेटमा पेश हुँदा कसरी त्यो हिसाव मिलान भयो भन्नेमा परिषद्ले पनि चासो दिनुपर्ने थियो । तर त्यसमा परिषद् चुकेको देखिएको छ ।

समितीकाे गठन

छानविन समितिमा भट्टराई सहित अर्जुन बिक, महेन्द्रकुमार राई, नारायण अर्याल, पासाङ शेर्पा सदस्य रहेका छन् ।

समितीलाई सुरुवातमा २१ दिनभित्र प्रतिबेदन बुझाउन भनिएको थियाे तर काेराेनाका कारण निशेधाज्ञा हुँदा त्यसकाे समय २ पटक थपिएकाे थियाे । समितिले सम्बन्धित सबै पक्षसँग सोधपुछ तथा आवश्यक बयान लिएकाे थियाे । खेलाडीले सागका बेला तोकिएको सामाग्री किन नपाएको भन्दै छानविनका लागि माग गरेका थिए । उनीहरुले ब्याटमिन्टनका केहि पदाधिकारीले खेलाडीको सामाग्रीबाट लाखौं रुपैयाँ हिनामिना गरेको दावी पनि गरेका छन् । त्यसमा २७ जोर जुत्तामा दुई लाख ७० हजारको फर्जि बिल बुझाएको दावी गरिएको थियाे।

यस्तै ब्याटमिन्टन म्याटबाट पनि रकम खाएको र जुन प्रतिबद्धताका साथ सागका बेला खेलाडीलाई खेलकुद सामाग्री दिने भनिएको थियो, त्यो नदिएर गुणस्तरहिन सामाग्री दिएर झारा टारेको आरोप थियाे।

सागमा नेपालबाट १० पुरुष र १० महिला खेलाडीले सहभागिता जनाएका थिए । जसमा नेपालले पाँच काश्य हात पारेको थियो । बैठकले सरकार र स्वास्थ्य मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड अनुसार प्रविधिको अधिकतम प्रयोग गरेर परिषद्को दिवस मनाउन गर्नुपर्ने रचनात्मक कार्यक्रमको खाका तयार गर्न पनि राखेपलाई निर्देशन दिएको थियो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey