ओलम्पिकको टर्च र्याली फेरी सुरु हुने
- नेप्लेज
- |
- २०७७-०६-१५
- |
- 411 पटक हेरिएको
कोरोना भाइरसका कारण स्थगित भएको टोकियो ओलम्पिकको टर्च र्याली फेरी सुरु गरिने भएको छ ।
आइओसीले र्याली फुकुशीको जे भिलेजबाट सुरु हुने योजना रहेको छ ।
२०२१ मा हुने टोकियो ओलम्पिक अगाडी सो टर्च र्याली एक सय २१ दिनसम्म घुमाइने भएको छ ।
जसमा सो टर्चलाइ ४७ वटा प्रान्तमा लगिनेछ ।
यो बर्षको सुरुवातमा नै सो टर्च र्यालीलाई एथेन्सबाट विशेष विमानमा जापान ल्याइएको छ ।
कोरोनाका कारण एक बर्ष स्थगित भएको टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट नौ तारिखसम्म हुने भएको छ ।
आइओसीले पछिल्लो पटक जानकारी दिए अनुसार २०२१ को जुलाई नौ तारिखमा टर्च टोकियो आइपुग्नेछ ।