एकदिवसीय मान्यतालाई जोगाउँदै टेस्ट देश बनाउने लक्ष्यका साथ विदेशी प्रशिक्षक ल्याउछाै-चन्द

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-०८
  • |
  • 423 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले कोरोना भाइरसको महामारीका कारण क्यानले गति लिन नसेकेको बताएका छन् । चितवनमा बोर्ड बैठक सकेर काठमाडौं आएका अध्यक्ष चन्दले क्यानले काम गर्न खोजिरहेको र केही गल्ति भए सच्याएर अघि बढ्ने प्रतिवद्धता पनि जनाए ।

नेपाली क्रिकेटसंघ आम समर्थकको ठूलो अपेक्षा रहेको बताउँदै त्यसै अनुसारको योजना बनाउन आफूहरु लागि परेको पनि बताए । क्यानले पहिलो पटक महिला खेलाडीलाई पनि केन्द्रीय सम्झौतामा राखेर पारिश्रमिक तोके पनि विवादित भएको प्रश्नको जवाफमा उनले पहिलो पटक शुरुवात भएको र आगामी दिनमा परिमार्जन गर्दै अघि बढ्ने प्रष्ट पारे ।

उनले समितिले दिएको रिपोर्टमा धेरै माथापच्चि नगरेको प्रष्ट पार्दै बैठकले अनुमोदन गरेको बताए । पुरुष क्रिकेटरको पनि श्रेणी विभाजनमा असमानता रहे पनि संख्याका कारण यस्तो भएको बताए । यो अब तीन महिनाका लागि मात्रै भएकाले सन् २०२१ बाट आफूले सबै कुराहरु करेक्सन गर्ने वताए । क्यानले अफिस व्यवस्थापन लगाएतका कुराहरु गर्न लागेको बताउँदै अब अक्टोबर सम्म जनरल म्यानेजर नियुक्त हुने, सिनियर टिमका लागि प्रशिक्षक पनि नियुक्त भइसक्ने बताए ।

अहिलेको अवस्थमा नेपाली टिमले पाएको एक दिवसीय मान्यतालाई जोगाउँदै टेस्ट नेशन्स बनाउने योजनाका साथ विदेशी प्रशिक्षक नियुक्त गर्ने बताए । धेरैको प्रशिक्षकमा आवेदन परेको बताउँदै नेपाली कसैले पनि प्रशिक्षकमा आवेदन नदिएको पनि जानकारी दिए ।

उनीसँग गरिएको यो कुराकानी भिडियोमा हेरौं ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal