खेलकुद गर्न भ्याक्सिन नै चाहिन्न-आइओसी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-०८
  • |
  • 179 पटक हेरिएको

अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले पछिल्लो पटक जुन किसिमले खेलकुद सुरु भएको छ, त्यसले कोरोनाको भ्याक्सिन विना नै खेलकुद गतिविधी सञ्चालन गर्न सकिने पाठ सिकाएको बताए ।

उनले पत्रकार सम्मेलनमा बोल्दै अब खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि कोरोनाको भ्याक्सिन नै नचाहिने बताए । कोरोनाका कारण टोकियो ओलम्पिक २०२० बाट २०२१ सम्म सरेको थियो ।

विश्वमा अझैपनि कोरोनाको संक्रमण कायमै रहेका बेला २०२१ मा पनि टोकियो ओलम्पिक हुन्छ की हुँदैन भन्ने शंका कायमै छ ।

तर अध्यक्ष थोमसले अब खेलकुद प्रतियोगिता गर्नका लागि सुरक्षित तरिकाले काम गर्न सकिने र त्यसका लागि उत्साह थपिएको बताए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey