‘खेलाडीको प्रशिक्षण चाँडै शुरु हुने’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-०५
  • |
  • 533 पटक हेरिएको

मुक्तिबाबु रेग्मी । कोरोना भाइरसको महामारीका कारण गत चैत ११ गतेदेखि देशमा लकडाउन गरिँदा भिडभाड हुने स्थलको रुपमा खेलकुदलाई पनि राख्दा खेलाडीहरु घरमै बस्न बाध्य बने ।

साउन ७ गतेदेखि लकडाउन अन्त्य गरेको घोषणा गरेसँगै खेल क्षेत्र क्रमस फर्कने अवस्थामा थियो । त्यसका लागि खेलाडीहरुको पीसीआर परीक्षण गरेर खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नका लागि तयारी गरिएको बेला सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला तथा स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा गर्न सक्ने अधिकार दिए पछि काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा भएको थियो ।

निषेधाज्ञा खुकुलो बनाएर सार्वजनिक सवारी साधनहरु खुले पनि खेल क्षेत्रलाई अहिले पनि बन्द नै राखिएको छ । खेल क्षेत्रसँगै स्कूल कलेज तथा सिनेमाहल लगाएतका विभिन्न क्षेत्रहरु अहिले पनि बन्द अवस्थामा छन् ।

सरकारले यी क्षेत्रलाई पनि अब क्रमश खुलाउँदै लैजाने योजना बनाएको छ । स्कूल कलेजहरु तिहार अघि खुल्ने सम्भावना कम रहे पनि खेलकुद क्षेत्रलाई भने खुलाउने तयारी गरिएको युवा तथा खेलकुद मन्त्रालले जनाएको छ । त्यसका लागि मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् राखेप र विभिन्न खेलसंघहरुसँग छलफल पनि गरिरहेको जनाइएको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सार्वजनिक सवारी साधन खुलाउने मन्त्रिपरिषद्को बैठकमै खेल क्षेत्रलाई पनि चलायमान बनाउने विषयमा छलफल भएको जानकारी दिए । तर, त्यतिबेला अवस्था हेरेर खेल क्षेत्र पछि खुलाउने भन्दै निर्णय नभएको पनि बताए ।

उनले भने ‘अबको मन्त्रिपरिषद् वैठकले यसबारे केही निर्णय गर्न सक्छ ।’ मन्त्री विश्वकर्माले थपे ‘अहिले पनि कोरोनाको जोखिम कायमै रहेकाले खेलाडीहरुलाई परीक्षण गरेर र अन्तर्राष्ट्रिय प्रतियोगिताको तालिका अनुसार प्रशिक्षण शुरु गर्न सकिन्छ ।’

खेलाडीहरु अहिले महामारीका कारण घरमै बस्दा प्रदर्शनमा असर पर्ने कुरामा आफूहरु चिन्तित भएको बताउँदै यस विषयमा सरकारले चाँडै निर्णय गर्ने पनि बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal