मानपदवीमा खेलाडीलाई विभेद गर्नु दुर्भाग्य : नेपाली काँग्रेस

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-०३
  • |
  • 231 पटक हेरिएको

नेपाली काँग्रेसको खेलकुद विभागले संविधान दिवसको अवसरमा सार्वजनिक गरेको मानपदवीको सूचीमा खेलाडीहरुलाई विभेद गरेको दावी गरेको छ ।

विभागका अध्यक्ष मोहन बस्नेतले शनिबार एक विज्ञप्ति जारी गरि संविधान दिवसको अवसरमा मानपदवी पाउनेमा खेलाडीहरु बास्तविक हकदार भएपनि सरकारले विभेद गरेको दावी गरेको हो । मानपदवी पाउनेमा विभागीय खेलाडी र राखेपका कर्मचारी तथा पदाधिकारी पर्नु खुसीको कुरा भएपनि १३ औं सागमा ऐतिहासिक स्वर्ण, रजत र कास्य पदक जित्ने अरु खेलाडीलाई विर्सनु दुःखद् विषय भएको पनि बस्नेतले उल्लेख गरेका छन् । संविधानसभाबाट संविधान जारी गर्ने विषयमा पनि नागरिकहरुको जस्तै खेलाडीहरुको भूमिका पनि उत्तिकै सह्रानिय रहेको उल्लेख गरेका छन् ।

संविधान दिवसका दिन राष्ट्रपतिबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषण घोषणा हुँदा सम्बन्धित ३ विभाग (नेपाल पुलिस, एपीएफ र आर्मी) बाट सिफारिस भएका १३ औं दक्षिण एसियाली खेलकुद (साग) का १५ जना स्वर्ण पदक विजेतासहित ओलम्पियन संगिना वैद्य, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेपका विभागिय प्रमुख कुलबहादुर थापा रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey