सदस्यसचिव सिलवालसहित खेल क्षेत्रबाट २० जनालाई बिभूषण (सूचिसहित)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-०३
  • |
  • 430 पटक हेरिएको

मुक्तिबाबु रेग्मी

नेप्लेज । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालसहित खेल क्षेत्रका १८ जनालाई सरकारले बिभिन्न बिभूषणबाट सम्मान गर्ने भएको छ ।

संविधान दिवसका दिन राष्ट्रपतिबाट बिभिन्न सम्मान, बिभूषणको घोषणा हुँदा खेल क्षेत्रबाट खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको नाम समेटिएको छ । सम्मान पाउने खेलाडीमध्ये अधिकांश गएको मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेताहरु छन् ।

शनिबार संविधान दिवसका दिन प्रकाशित सूचिमा राखेप सदस्यसचिव सिलवालले सुप्रवल जनसेवाश्री तृतीय पदक पाउनेछन् । उनी १३ औं सागका आयोजक समितिका संयोजक थिए ।

तेक्वान्दो प्रशिक्षक संगीना बैंद्य, राखेपका प्रशासन बिभाग प्रमुख कुलबहादुर थापा र हङकङ राष्ट्रिय तेक्वान्दो टोलीको प्रशिक्षण गरिसकेका नेपाली प्रशिक्षक तुलसी कुमार गुरुङले जनसेवा श्री पदक पाउनेछन् ।

१३ औं सागमा ट्रायथोलनको दुवाथोलनबाट स्वर्ण जितेका हिमाल टमाटाले परम पौरख भास्कर अवार्ड पाएका छन् । उनी नेपाली सेनाको हुद्धा पदमा कार्यरत छन् ।

नेपाल प्रताप भूषण पदकबाट भोरोत्तोलनका बिकास थापा, तेक्वान्दोका वीरबहादुर महरा, कमल श्रेष्ठ र निश्चलमान श्रेष्ठ तथा कराँतेका सुनीता महर्जन, सरु कार्की र महशुस मोक्तान बिभूषित हुनेछन् । यही पदकबाट बक्सिङका भुपेन्द्र थापा पनि सम्मानित हुनेछन् ।

प्रताप भूषण पाउने खेलाडी नेपाल पुलिस क्लबमा आबद्ध छन् । तेक्वान्दोका निश्चलमानबाहेक सबै खेलाडी १३ औं सागका स्वर्णधारी हुन् । निश्चलमानले कांस्य जितेका थिए ।

सुकीर्ति पदकबाट ७ जना खेलाडी बिभूषित हुनेछन् । बक्सिङकी मिनु गुरुङ, तेक्वान्दोका सन्जीवकुमार ओझा र निता गुरुङ, कराँतेका प्रविण मानन्धर र संगीता मगर, एथ्लेटिक्सका किरणसिंह बोगटी तथा जुडोकी देविका खड्काले यो पदक पाउनेछन् ।

किरणसिंह र देविका नेपाल एपीएफ क्लबमा आबद्ध छन् भने बाँकी सबै त्रिभुवन आर्मी क्लबका हुन् । यी सबैले १३ औं सागमा आ-आफ्नो खेल विधामा स्वर्ण जितेका हुन् ।

यीबाहेक नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रका महासेनानी शशी किरण रायमाझीले पनि अतिपौरख भास्कर पदकबाट सम्मानित हुने भएका छन् । हाल उनी सेनाको खेलकुद केन्द्रबाट सरुवा भइसकेका छन् ।

पुरस्कार २०७८ बैशाख एक गते नयाँ बर्षकाे दिन दिइनेछ ।

सम्मान पाउनेहरुको सूची

सुप्रवल जनसेवाश्री (तृतीय)

रमेश कुमार सिलवाल (सदस्यसचिव, राखेप)

प्रवल जनसेवा श्री (चतुर्थ)

संगीना बैंद्य (तेक्वान्दो)
तुलसी कुमार गुरुङ (तेक्वान्दो)
कुलबहादुर थापा (राखेप)

परम पौरख भास्कर

हिमाल टमाटा (ट्रायथोलन)

नेपाल प्रताप भूषण

बिकास थापा (भारोत्तोलन)
वीरबहादुर महरा (तेक्वान्दो)
कमल श्रेष्ठ (तेक्वान्दो)
भुपेन्द्र थापा (बक्सिङ)
सुनीता महर्जन (कराँते)
सरु कार्की (कराँते)
महशुस मोक्तान (कराँते)
निश्चलमान श्रेष्ठ (तेक्वान्दो)

सुकीर्ति पदक

मिनु गुरुङ (बक्सिङ)
सन्जीव कुमार ओझा (तेक्वान्दो)
किरणसिंह बोगटी (एथ्लेटिक्स)
देविका खड्का (जुडो)
प्रविण मानन्धर (कराँते)
निता गुरुङ (तेक्वान्दो)
संगीता मगर (कराँते)

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal