बिश्व क्लव भलिबल च्याम्पियनसिप रद्द

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०६-०२
  • |
  • 319 पटक हेरिएको

विश्व भलिबल महासंघले क्लव भलिबल विश्व च्याम्पियनसिप यो बर्ष नगर्ने निर्णय गरेको छ ।

एफआईभिबीको बोर्ड बैठकले २०२० को विश्व क्लव भलिबल च्याम्पियनसिप नगर्ने निर्णय गरेको हो ।

कोरोनाको महामारीका कारण यो बर्ष प्रतियोगिता गर्न निकै कठिन रहेको बैठकले निस्कर्ष निकालेको थियो ।

यो प्रतियोगितामा सहभागिता जनाउने खेलाडी विश्वभर नै रहेका र उनीहरुलाई एक साथ ल्याएर प्रतियोगिता खेलाउन निकै चुनौती भएकाले यो बर्ष नगर्नुनै उचित रहेको निस्कर्ष निकालेको हो ।

यसका साथै महासंघले २०२१ मा यो च्याम्पियनसिप गर्नका लागि इच्छुक राष्ट्रले आह्वान गर्नपनि आग्रह गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey