यसकारण यो सिजन बार्सिलोनाले ‘ट्रिपल’ जित्नसक्छ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 220 पटक हेरिएको

माघ १५ । बार्सिलोनाका खेलाडीका लागि यो सबैभन्दा राम्रो समय हो । साथै क्याटलान क्लव वास्तवमै यस कुरामा आशावादी छ कि ‘ट्रिपल’ अर्थात सिजनको मुख्य तीन उपाधि जित्न सम्भव छ ।

जारी ला लिगामा शानदार प्रदर्शन, कोपा डेल रेको सेमिफाइनल यात्रा र युईएफए च्याम्पियन्स लिगमा अपराजित, यो उनीहरुको सकारात्मक मुड हेर्नलायक छ ।

बार्सिलोनाले यसअघि दुई पटक सिजनको तीन मुख्य उपाधि ‘ट्रिपल’ जितिसकेको छ र यसका थुप्रै कारणहरु छन् कि उसले फेरि यस्तै उपलब्धि हासिल गर्न सक्छ ।

पढ्नुहोस बार्सिलोनाले ‘ट्रिपल जित्न सक्ने ९ कारण

ला लिगा जितिसक्यो !

अहिलेको अवस्थामा ला लिगामा यस्तो देखिएको छ कि बार्सिलोनाले प्रतियोगिता जितिसक्यो । तथ्यांकले के देखाउँछ भने लियोनल मेस्सी र उनको टिम लिगको उपाधि जित्नका लागि निकै सहज स्थितिमा छन् ।

ला लिगाको इतिहासमा अहिलेसम्म यस्तो भएको छैन कि ११ अंकले पछि परेको टिमले पुनरागमन गर्दै प्रतियोगिता जितेको होस् । यसका बाबजुत लगातार चार खेल जित्ने टोलीले उपाधि जितेको थियो तर, २ अंकको फरकमा मात्र यस्तो भएको थियो ।

एथ्लेटिको मड्रिडले सन् १९४९/५० को सिजनमा यो उपलब्धि हासिल गरेको थियो भने योहान क्रुफको बार्सिलोनाले सन् १९९१/९२ को सिजनमा यस्तै गरेको थियो । दुवै मामलामा रियल मड्रिड पछि परेको थियो ।

च्याम्पियन्स लिगमा बलियो पकड

क्याटलान क्लवले च्याम्पियन्स लिगमा राम्रो गृहकार्य गरेको छ भने समूहमा अपराजित रहँदै बिजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणमा ९ गोल गर्नु र १ गोलमात्र खानु समूह चरणमा बार्सिलोनाको एक अविश्वसनीय उपलब्धी हो ।

निःशन्देह, तीन प्रमुख उपाधि जित्ने अभियानमा रहेको बार्सिलोनाका लागि च्याम्पियन्स लिगको उपाधि जित्न अरुभन्दा सहज छैन । र, एन्टोनियो कोन्टेको चेल्सीसँगको भिडण्त नै बार्सिलोनाका लागि फलामको चिउरासरह हुनेछ ।

यद्यपि यदि बार्सिलोनाले यस तगारो पन्छाएको खण्डमा ट्रिपल जित्ने उसको अभियान सहज हुन सक्नेछ ।

कोपा डेल रेमा प्रमुख दावेदार

स्पेनिस नकआउट प्रतियोगिता कोपा डेल रेमा चार टोलीको अझै उपाधि जित्ने सम्भावना कायमै छ । तर, तीमध्ये बार्सिलोना प्रमुख दावेदारको रुपमा देखिन्छ ।

पछिल्लो ७ सिजनमा ६पटक फाइनल खेलेको तथ्यांकमात्र होइन प्रतियोगिताका अन्य तीन टोली र बार्सिलोनाका खेलाडीहरुको स्तर पनि फरक छ । भ्यालेन्सिया बार्सिलोनाको अर्को फाइनलको तगारो बन्न सक्छ ।

डिफेन्समा सुधार

यो अर्नेष्टो भाल्भर्डेको बार्सिलोनाको पहिचानमध्येको एक हो । र, यस्तो पनि हो कि यी प्रशिक्षकले आफूसँगै यो पहिचान बोकेर आएका थिए । यसैकारण विपक्षी टिमलाई गोल गर्न निक्कै कठिन भएको छ र तथ्यांकले त्यो पुष्टि गरिसकेको छ ।

उनको टोलीले यो सिजन च्याम्पियन्स लिगमा १, २१ ला लिगा खेलमा १० र कोपा डेल रेमा मात्र २ गोल खाएको छ ।

मेस्सीको शानदार फर्म

लियोनल मेस्सी अहिले आफ्नो करिअरको उत्कृष्ट सिजनमध्येको एकमा छन् ।

‘जहाँ मेस्सी खेलिरहेका हुन्छन्, त्यो टिम जहिले पनि जितका लागि मुख्य दावेदार हुन्छ ।’ पेप ग्वार्डिओलाले गत डिसेम्बरमा भनेका थिए । उनले ठीक भनेका हुन् ।

यी अर्जेन्टाइनको यो लय र स्तर रहिराख्दा बार्सिलोनाले जुनसुकै महत्वाकाँक्षा पनि पूरा गर्न सक्छ ।

उनले सिजनमा २६ गोल गरिसकेका छन् भने त्यो भन्दा महत्वपूर्ण धेरै असिष्ट गरेका छन् । युरोपेली प्रतियोगितामा उनको यो लय कायमै रहेको अवस्थामा बार्सिलोनालाई रोक्न कसैले सक्दैन ।

काउटिन्हो ‘फ्याक्टर’

फिलिप काउटिन्होले च्याम्पियन्स लिग खेल्न पाउँदैनन् । तर, अन्य प्रतियोगितामा उनले धेरै योगदान दिन सक्छन् ।

उनले आन्द्रेस इनिएष्टालाई आराम दिन सक्छन्, जो अहिले पनि बार्सिलोनाका सबैभन्दा महत्वपूर्ण खेलाडीमध्येका एक हुन् ।

ब्राजिलियन खेलाडी गत बिहीबार स्पान्योलबिरुद्धको खेलमा डेब्यू गर्दै २२ मिनेट खेले । बार्सिलोनाले अहिलेसम्मकै महंगो रकम खर्चिएका खेलाडीको खेल त्यस अनुसार नै देखियो । उनी बार्सिलोना शैलीअनुकुल हुने गरी मैदानमा देखिए ।

शानदार टिमवर्क

क्याटलान क्लवले आफ्नो इतिहासमा सबैभन्दा महंगो दुई सम्झौता गरेको छ । र, जुन टिममा धेरै भन्दा धेरै उपाधि जित्ने महत्वाकांक्षा हुन्छ, उसका लागि आफ्नो बेन्च निक्कै बलियो बनाउनु अत्यन्तै जरुरी हुन्छ ।

बार्सिलोनाको बेञ्चको कुरा गर्ने हो भने बिहीबारको स्पान्योलबिरुद्धको खेल हेरे पुग्छ ।

भाल्भर्डेले मार्क टर स्टेगेन, लुकार डिग्ने, येर्री मिना, आन्द्रे गोमेस, काउटिन्हो, पाउलिन्हो र पाको अल्कासारलाई बेञ्चमा राखे ।

ओसमान डेम्बेले र थोमस भर्मालिन दुवै चोटग्रस्त छन् ।

ट्रिपल जित्न अनुभवी पनि छ टिम

बार्सिलोनासँग अहिले पनि थुपै ती फुटबलर छन् जोसँग ‘ट्रिपल’ जितेको अनुभव छ ।

जोर्डी अल्वा, जेरार्ड पिक्यू, सर्जियो बुस्केट, इभान राकिटिक, लियोनल मेस्सी, लुइस स्वारेज, इनिएष्टा, टर स्टेगेन र सेर्गी रोबेर्टो बार्सिलोनाले एकै सिजन तीन ठूला उपाधि जित्दाका साक्षी हुन् ।

पिक्यू, इनिएष्टा, मेस्सी र बुस्केट गरी चार खेलाडी छन् जो पेप ग्वार्डिओला प्रशिक्षक रहँदा ‘ट्रिपल’ जितेको टिममा थिए ।

भाल्भर्डेको चतूर रणनीति

बार्सिलोनाको यो सफलतामा भाल्भर्डेको भूमिकालाई कुनै कोणबाट नजरअन्दाज गर्न सकिँदैन ।

एथ्लेटिक क्लवमा पूर्व प्रशिक्षक भाल्भर्डे आएपछि बार्सिलोना पूरै परिवर्तित भयो र विपक्षीका लागि घातक र प्रभावकारी टिम निर्माण भयो ।

उनी हालैका केहि वर्षमा बार्सिलोनाको रणनीतिलाई प्रतिस्थापन गर्न सफल भए । उदाहरणका लागि उनले ४–३–३ को फर्मेसनलाई ४–४–२ मा परिणत गरे ।

उनले यो पनि देखाएका छन् कि मेस्सी र स्वारेजलाई रोटेट गर्न सकिन्छ र ड्रेसिङरुमको तनाव पनि कम गर्न सकिन्छ ।

यसका अलावा सबैभन्दा महत्वपूर्ण क्षणमा आफ्नो रणनीति गतिसिल बनाउन पनि भाल्भर्डे चतूर मानिन्छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey