‘क्यानकाे काम कारवाहि चित्त बुझ्दाे हुन सकेन’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-२७
  • |
  • 447 पटक हेरिएको

नेपाल क्रिकेट स‌ङ्घकाे पछिल्लाे पटककाे गतिविधीमा नेपाल क्रिकेटकाे कार्यसमिति बाहिर रहेका ब्यक्तिहरु खुबै आलाेचना गरिरहेका छन । क्यानले भनेकाे जस्ताे काम नगरेकाे,  गरेका काम पनि प्रकृया नपर्याएकाे भनेर बाहिर बसेर आलाेचना गरिरहेका छन । यस्तैमा क्यानकाे आलाेचना गर्ने एक सदस्य हुन दाङका प्रदिप मज्गैया ।

उनले क्रिकेटमा अहिलेकाे कार्यसमितीले जुन अपेक्षा गरेकाे थियाे, त्याे अनुसार एक बर्षमा देखिने गरेर केहि नगरेकाे बताए । उनले भने- ‘एक दिवसीय वरियता नेपालका लागि सानो कुरा होइन । एक दिवसीय मान्यता पाएको देशको रुपमा नेपालले जुन कुराहरु धेरै गर्नुपर्ने थियो त्यो हुन सकेको छैन । हामीले त्यसको फाइदा पनि लिन सकेका छैनौं ।’

‘नेपाली क्रिकेट आईसीसीको प्रतिबन्धमा थियो । हाम्रो गुड गर्भनेन्सको कमिको कारण देखाउँदै आईसीसीले प्रतिबन्ध गरेको थियो । सबै स्टेक होल्डरहरु सबै मिलेर बल्ल तल्ल प्रतिबन्ध फुकुवा भएको छ । प्रतिबन्ध फुकुवा गर्नका लागि भएको निर्वाचनबाट आएको नेतृत्वबाट धेरै आशा र अपेक्षा थियो त्यो हुन सकेको छैन ।’

‘हामी संस्थागत विकासको कुरामा अलि पछाडि पर्यौं । नेपाल क्रिकेट संघ क्यानको निर्वाचन भइसके पछाडि संस्थागत विकासका लागि हामीहरु अघि बढ्न सकेनौं । यद्दपि अहिलेको नेतृत्वमा भएका व्यक्तिहरु खराब त हुनुहुन्न । प्रतिबन्ध फुकुवा भइसकेपछि नेपाल सरकारसँग समन्वय गरेर अघि बढ्नु पर्ने थियो त्यो विषयमा पनि हामी कतै न कतै अल्झियौं की जस्तो पनि लाग्छ ।’

‘पटक पटक क्यानका पदाधिकारीले सरकारले सहयोग गरेन । आइसीसीबाट समन्वय भएन भनेर भनेको पनि सुनेका छौं । खासगरि नेपाल क्रिकेट संघ नै संस्थागत विकासमा अघि बढ्नै सकेन भन्छु म । क्यान अहिले एउटा विधानको भरमा मात्रै अघि बढ्न खोज्यो । जसले गर्दा आईसीसीले हामीलाई पत्याइरहेको अवस्था म देख्दैन ।’

आईसीसीले फाइनान्सियल कुराहरु अझ बढी हेर्छ । त्यसका लागि हामीले आर्थिक नियमावली बनाउन सकेनौं । त्यो नियमावली नहुँदा खेलाडी कसरी राख्ने, तलब कसरी खुवाउने, प्रशिक्षकलाई कति तलब दिने लगाएतका आर्थिक क्रियाकलाप गर्न अप्ठेरो पर्छ । संस्थाको यदि आर्थिक नियमावली नै छैन भने बास्तवमा उसले काम गर्न नै अप्ठेरो हुन्छ । त्यसैगरी प्रशासनिक नियमावली नहुँदा पनि अप्ठेरो छ । क्यानसँग त्यो पनि छैन ।’

‘यस्तो अवस्थामा कुन पदको कर्मचारी कसरी राख्ने लगाएतका कुराहरु पनि अलमल जस्तो देखिएको छ । कर्मचारी राख्ने विषयमा संस्थाको प्रशासनिक नियमावली भन्दा बाहिर गएर गर्नै मिल्दैन । नेपाल क्रिकेट संघ एउटा स्वायत्त संस्था हो । यसको नियमावलीले नै कर्मचारी कति राख्ने, तलब कति दिने लगायतका कुराहरु गर्नुपर्छ । यो नियमावली बन्यो भने कर्मचारी राख्ने लगाएतका कुराहरुमा आईसीसीसँग सोध्नु पर्ने जरुरी नै छैन ।

साथै अहिले क्यानले विभिन्न कमिटिहरु बनाएको छ । तर विधान अनुसार ती कमिटी छैनन् । विधानले कमिटी गठनको कुरा बोल्दैन । त्यो पनि प्रशासनिक नियमावलीले बोल्नु पर्ने विषय हो । पछिल्ला गतिविधिहरु हेर्दा आईसीसीले नेपाललाई यसरी नै घिसार्दै लैजाने र लास्टमा दुःख दिने काम त गर्दैन भन्ने शंका गर्ने ठाउँ छ ।’

हेराै‌ भिडियाेमा

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey