लापोर्टे कीर्तिमानी मूल्यमा म्यान्चेस्टर सिटीमा आबद्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 206 पटक हेरिएको

मघ १६ । एथ्लेटिको विल्वाओका डिफेण्डर एमेरिक लापोर्टेलाई अनुबन्ध गरेसँगै पेप ग्वार्डिओलाले म्यान्चेस्टर सिटी आएयता ४५० मिलियन पाउण्डभन्दा अधिक खर्च गरेका छन् ।

सोमबार राति म्यान्चेस्टरमा लापोर्टेको सार्वजनिक समारोहअघि म्यान्चेस्टर सिटीका प्रतिनिधिमण्डल दिउँसो स्पेन पुगेर उनको ५७ मिलियन पाउण्ड रिलिज क्लज भुक्तान गरेका थिए ।

२३ वर्षीय फ्रान्सेली लापोर्टेले अहिलेसम्म राष्ट्रिय टिमबाट खेलेका छैनन् । उनी लिभरपुलका भिर्गिल भान जिकपछि विश्वकै सबैभन्दा महंगा डिफेण्डर बनेका छन् । साथै यो म्यान्चेस्टर सिटीको कीर्तिमानी सम्झौता पनि हो । यसअघि सन् २०१५ मा केभिव डी ब्रुयेनलाई वुल्फवर्गबाट अनुबन्ध गर्ने क्रममा सिटीले ५५ मिलियन पाउण्ड खर्चिएको थियो ।

ग्वार्डिओलाले पछिल्लो दुई ट्रान्सफर सिजनमा डिफेण्डरका लागि मात्रै १९० मिलियन पाउण्डभन्दा बढी खर्च गरेका छन् । उनले लापोर्टेलाई सन् २०१६ मै पहिचान गरेका थिए । त्यतिबेला यी डिफेण्डरलाई शंका थियो कि उनी सिटीमा रहेर कति समय खेल्न पाउँछन् ।

लपोर्टेको मेडिबल यसै साताको अन्त्यमा हुनेछ । गत शुक्रबार इवारसँगको खेलपछि क्लवले उनलाई रिलिज गरेको थियो र शनिबार टिममेटसँग बिदा भएर उनी लण्डन उडेका थिए । उनले ग्वार्डिओलाको रक्षापंक्तिको पहिलो रोजाईमा स्थान बनाउन निकोलास ओटामेण्डी र जोन स्टोन्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

लपोर्टले एक बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म एथ्लेटिको परिवारप्रति कृतज्ञ छु, जुन विश्वास मलाई यहाँ गरिएको थियो ।’

‘म एक किशोरको रुपमा यहाँ आएको थिएँ र एक मानिस बनेर तथा एक फुटबलर बनेर जाँदैछु । मेरो बिदाई, मेरो व्यवसायिक अरिकरमे एक नयाँ चुनौतीको सामना गर्न जाँदैछु, सधैंका लागि होइन, छिट्टै भेट हुनेछ ।’

‘म एउटा शानदार क्लव छाड्दैछु, अलग पक्कै भएको छु तर, मैले तपाईहरुलाई कहिल्यै भुल्ने छैन ।’

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey