पारा तेक्वान्दाे खेलाडीलाई सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-२२
  • |
  • 267 पटक हेरिएको

कोरोना भाइरसका कारण आर्थिक समस्या भाेगिरहेका राष्ट्रिय पारा तेक्वान्दोका खेलाडीलाई तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ एवंम् कोटेश्वर तेक्वान्दो डोजाङको सहकार्यमा काठमाडौं ३२ वडाले खेलाडीलाई खाद्यान्न सहयोग गरेको हो ।

पारा तेक्वान्दो समितीका सचिव समेत रहेका ओलम्पियन दीपक विष्टको आग्रहपछि श्रेष्ठले सहयोग गरेका हुन । यसरी सहयोग पाउनेमा खेलाडी तर्फ रन्जना धामी, पलेसा गोबद्र्धन, दीपेश महत, राम अधिकारी, सृजना घिसिङ, सीता भण्डारी र लोकराज शाही छन् ।

निषाधाज्ञाका कारण मुख्य प्रशिक्षक श्रेष्ठले खेलाडीको घरसम्म खाद्यान्न पुर्याउन सहयोग गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey