माल्टामा भएको अनलाइन कराँतेमा नेपाल च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-२२
  • |
  • 264 पटक हेरिएको

काठमाडौं । कराँतेको OTW अनलाइन काँता विश्व च्याम्पियन्सपमा नेपालले शीर्ष तीनै स्थान नै कब्जा गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण माल्टाबाट भर्चुअलरुपमा गरिएको प्रतिस्पर्धामा शीर्ष तीनमा नेपालका खेलाडीहरु रहेका हुन् । अगस्ट १५ तारिखमा भएको प्रतियोगिताको नतिजा भर्खर सार्वजनिक भएको हो ।

महिला २१–३५ वर्ष उमेर समूहमा नेपालसहित जापान, इटली, इंग्ल्याण्ड, रोमानिया र माल्टाका खेलाडीको सहभागिता थियो । १६ जना खेलाडीले प्रतिस्पर्धा गरेकोमा खोटाङकी रोश्मा राई पहिलो भइन् ।

यसैगरी दोस्रो स्थानमा धरानकी सुमना राई रहँदा तेस्रो स्थानमा खोटाङकै विद्याकला राई रहिन् ।

पहिलो र तेस्रो हुने खेलाडी नेपाल सितोरिया कराँते संघ खोटङका हुन् भने दोस्रो हुने धरान रंगशाला डोजोकी खेलाडी हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey