डोजाङ प्रमुखको कोरोना बिमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-२१
  • |
  • 233 पटक हेरिएको

काठमाडौं, भदौ २१ गते । काठमाडौं जिल्ला तेक्वान्दो संघले काठमाडौंमा रहेका विभिन्न तेक्वान्दो डोजाङका प्रमुखहरुको कोरोना बिमा गरिदिएको छ ।

जम्मा १ सय ३ जनाको कोरोना बिमा गरिदिएको संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । बिमा सेप्टेम्बर १५ देखि लागू भइ १ वर्षसम्म कायम रहने छ ।

सबैको जनही ५० हजारका दरले बिमा गरिएको अध्यक्ष खड्काले जानकारी गराए । हात्तीसारस्थित एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको बिमा गरिएको हो ।

बिमाका लागि आवश्यक पर्ने ५० प्रतिशत रकम संघले आफैले व्यवस्थापन गरेको हो । बाँकी ५० प्रतिशत सगरमाथा तेक्वान्दो डोजाङ, लन्डनका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गरेका हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey