महिला पाैडीवाजलाई प्रदर्शनी खेलका रूपमा मात्र समावेश गरेर सुरू भएकाे पाैडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-२१
  • |
  • 478 पटक हेरिएको

नेपालको मौलिक खेलकुद मध्ये पौडी खेल पनि एक प्राचीन खेल भनेमा कुनै प्रश्न उठ्न सक्तैन । किनकी पौडी खेल गाउँ र तराईका युवक यूवतीहरु विशेष गरेर नदिकिनारका वासिन्दाहरु नदी वारपार गर्ने प्रतिस्प्रर्धामा वषौँदेखि संलग्न हुन गरेका थिए ।

नदीमा फुल तार्ने प्रतियोगिता आजसम्म चलेकै छ । तर प्रगियोगितात्मक रुपमा नेपालमा पौडीखेलको सुरुवात कहिले कहाँ र कसरी भयो भन्नेबारे किटान गर्न सकिन्न । आजकाल पोडी खेलेर छिटो गतिमा दुरी तय गर्ने प्रतियोगिताहरु सञ्चालन हुन नसकेता पनि यो खेल विशेष गरेर गाउँ र नदीका किनारका बासिन्दाहरुको जन– जीवनमा गाँसिएको छ ।

‘पौडी खेल’ मनोरञ्जन प्रधान र प्रतिस्पर्धापूर्ण खेल हो । यस्तो खेलबाट नेपालीहरु वंचित हुनुको मुख्य कारण पौडी पोखरीको अभाव हुुनु हो ।हाम्रा डाँडा काँडामा बग्ने खोला नालाका रह बहमा त्यहाँका बासिन्दाहरु पौडी खेलेर आनन्द लिन्छन् भने प्राय शहरी भागमा त्यस प्रकारको प्राकृतिक माध्यमको पनि अभाव छ ।

‘नेपाल यूवक संगठन’ ले करीब १ दशकअघि काठमाण्डौँ स्थित बालाजुको पौडी पोखरीमा “यूवा महोत्सव खेलकुद कार्यक्रम ”अन्तर्गत पौडी खेलको पनि आयोजना गरेको थियो ।

राष्टिय खेलकुद परिषद्ले पौडी खेल विकसित तुल्याउने उद्देश्यले दशरथ रङ्गशालाको स्पोर्टस कम्प्लेक्समा एउटा पौडी पोखरी को निर्माण गर्नाको साथै नेपाल पोडी संघको पनि गठन गरेको छ ।

पौडी जस्तो स्वभाविक र सामान्य खेलसंग पनि नेपालीहरु अपरिचित हुन परिरहेको यस प्रकारको पौडी पोखरीको निर्माणबाट तरण तरण प्रमीहरुलाई ज्यादै ठूलो सुविधा पूगेको छ । हुनत यस पौैडी पोखरीको निर्माण नहुँदा पनि पौडी प्रेमीहरु बालाजु स्थित पौडी पोखरीमा गई पौडी खेल्दथे ।

नेपालमा पौडी पोखरीको ज्यादै कम संख्या , पौडी पोखरी निर्माण गर्न धेरै रकम खर्च गर्नु पर्ने र शायद साधारण नेपालीले त्यस्तो पोखरी निर्माण गर्न सक्ने क्षमता नभएकाले नै नेपालमा पौडीको विकास हुन नसकेको भन्नुमा अत्युक्ति नहोला ।

कसरी भएकाे थियाे पहिलाे राष्ट्रिय प्रतियाेगिता

नेपालमा खेलाडी तथा दर्शकहरुलाई नवीनतम खेलसंग परिचय गराउँदै लाने क्रममा राखेपले हालै सम्पन्न प्रथम राष्ट्रिय खेलकुद –२०३८ मा पौडी खेललाई पनि एक नयाँ खेलको रुपमा समावेश गरेको थियो ।

उक्त प्रथम राष्ट्रिय पौडी प्रतियोगितामा अधिराज्यका महाकाली बाहेक ११ अञ्चलका ३८ तैराकहरुले भाग लिएका थिए । बागमति प्रथम र गण्डकी अञ्चल द्वितीय भएका थिए । याे राष्ट्रिय पौडी प्रतियोगितामा केही महिलाहरुले पनि पौडीको प्रदर्शनखेलमा भाग लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey